एनएमबी बैंकमा २४सै घण्टा खाता खोल्न सकिने
काठमाडौँँ ।
एनएमबी बैंकमा खाता खोल्न सकिने भएको छ । बैंकले फेसबुकबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भइसकेपछि अब घरमै बसी भाइबरमा च्याट र एनएमबी ई–एपमार्फत पनि खाता/मुद्दती निक्षेप खोल्ने र नवीकरण गर्न सकिने सेवा प्रस्तुत गरेको हो । ग्राहकहरूले २४सै घण्टा सातै दिन बचत खाता खोल्न सक्नुका साथै नयाँ खातामा तुरुन्तै खाता नम्बर प्राप्त हुनेछ र डिपोजिट पनि तुरून्तै हुनेछ । बचत खाता एनएमबीको सोसल अनबोर्डिङअन्तर्गत खोलिनेछ र मासिक क्रेडिट कारोबारको थ्रेसहोल्डको साथ कारोबारको लागि तत्काल र स्वचालित रूपमा सक्रिय हुन पाँच हजार रुपैयाँसम्म हुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
ग्राहकवर्गले पहिलो पटकको कारोबारमा ई–एनएमबी एपको माध्यमबाट पाँच सय रुपैयाँसम्म क्यासव्याक प्राप्त गर्न सक्नेछन् साथै उही बैंक र अन्य बैंकमा फण्ड ट्रान्सफर, केवाईसी अपडेट, ठेगानामा परिवर्तन, वैवाहिक स्थिति, पेसालगायत अन्य धेरै सुविधाहरू प्राप्त गर्न सकिने जानकारी पनि बैंकले दिएको छ । डिजिटल बैंकिङ सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको छ र हामी घरबाटै आरामपूर्वक बैंकिङ गतिविधिहरू रोज्नसक्ने उपयुक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख छौं, बैंकले भनेको छ ।
बैंकका अनुसार आफ्ना मूल्यवान ग्राहकलाई बैंकिङ अनुभवहरू परिष्कृत भएको महसुस गर्न २४सै घण्टा बचत खाता÷मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरू ल्याइएको हो । हालको परिप्रेक्ष्यमा यो सेवामार्फत सुरक्षाको मामलामा कुनै सम्झौताबिना ग्राहकवर्गलाई वित्तीय कारोबारहरू सम्पादन गर्न सहयोग पु-याउने एक महत्वपूर्ण योजना हो’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया