Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेञ्चुरी कमर्सियल बैंकको अनलाइन एकाउन्ट सेवा

सेञ्चुरी कमर्सियल बैंकको अनलाइन एकाउन्ट सेवा


काठमाडौँँ ।
कोभिड १९ को कारणले गर्दा बैंकका सेवाग्राहीहरूलाई पर्न गएको विभिन्न बैंकिङ समस्याको समाधानको निम्ति सेञ्चुरी कमर्सियल बैंकले डिजिटल बैंकिङलाई अझै सहज बनाउने प्रयासस्वरूप ग्राहकवर्गहरूको सेवालाई ध्यानमा राखी सेञ्चुरी सहज खाता र सेञ्चुरी क्लिक एकाउन्ट भन्ने दुई प्रकारको अनलाइन एकाउन्ट सेवा सुरु गरेको छ ।

ग्राहकहरूले घरमै बसेर शून्य मौज्दातमा खोलिने उक्त खाताहरूमा बैंकले वार्षिक ५ दशमलव ५० प्रतिशतको दरले त्रैमासिकरूपमा ब्याज भुक्तानी गर्नेछ । बचत खातामा उच्चतम प्रतिफलका साथ खोल्न मिल्ने उक्त खाताहरू डिजिटल्ली खुल्ने र ग्राहकहरू बैंकमा उपस्थित हुननपर्ने हुँदा डिजिटल्ली बैंकिङलाई प्राथमिकता दिँदै उक्त बचत खाताहरूमा प्रवर्द्धनको निम्ति बढी ब्याजदर दिइएको हो ।

सेञ्चुरी सहज खातामा नयाँ ग्राहकले खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गरी सेञ्चुरी पेमार्र्फत वालेटको कारोबार समेत गर्न सकिनेछ । यस नयाँ सेवामार्फत ग्राहकवर्गहरूले विभिन्न डिजिटल माध्यमबाट प्रतिदिन पाँच हजार रुपैयाँबराबरको नगदरहित कारोबार गर्न सक्नेछन् । उक्त खातामा वार्षिक एक लाख रुपैयाँसम्म कारोबार गर्न सकिनेछ ।

सेञ्चुरी क्लिक एकाउन्टमा नयाँ ग्राहकले अनलाइनबाटै खाता खोल्नको साथै उक्त खातामा तुरुन्तै पैसा जम्मा गर्न सकिन्छ । उक्त खातामा वार्षिक १५ लाख रुपैयाँसम्म कारोबार समेत गर्न सकिनेछ । विशेष गरी विदेशमा रहेका नेपालीहरूलाई लक्षित गरी बैंकले यो खाता सञ्चालनमा ल्याएको हो । उक्त खाताहरू खोल्दा आवश्यक भेरिफिकेसन कोड बैंकले आधिकारिक मोबाइलमावा ईमेलमा उपलब्ध गराउने र सहजै खाता खोल्न र सञ्चालन गर्न सकिनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया