Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंकले पायो युरोपियन माइक्रोेफाइनान्स अवार्ड

मुक्तिनाथ विकास बैंकले पायो युरोपियन माइक्रोेफाइनान्स अवार्ड


काठमाडौँँ ।
लक्जमवर्गमा आयोजित युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२० को विजेता मुक्तिनाथ विकास बैंक भएको छ । बैंकले साना तथा लघु बैंकिङ कार्यक्रममा आबद्ध न्यून आय भएका सदस्यहरूलाई प्रदान गरी रहेको नवीनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरूको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले अध्ययन तथा अनुसन्धान गरी ‘युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० को प्रथम पुरस्कारबाट पुरस्कृत भएको हो ।

युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० को लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागिता जनाएको बैंकले जानकारी दिएको छ । उक्त प्रतियोगिताको लागि उत्कृष्ट ३ मा नेपालबाट मुक्तिनाथ विकास बैंकलगायत वेनिन र ईथोपियाको १/१ ओटा लघुवित्त संस्थाहरू छनोट भएका थिए । यो पुरस्कारबापत मुक्तिनाथ विकास बैंकले नगद एक लाख युरो प्राप्त गरेको छ । यो पुरस्कार रकमबाट न्यून आयभएका सदस्यहरूलाई डिजिटल बैंकिङमा सहभागी गराउन विभिन्न कार्यहरू गरिने जानकारी पनि बैंकले दिएको छ ।

बैकले हाल ४२ जिल्लामा रहेका एक सय ३८ ओटा शाखाहरूमध्ये एक सय १८ ओटा शाखामार्फत साना तथा लघु बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकका अनुसार साना तथा लघु बैंकिङअन्तर्गत एक लाख ८० हजारभन्दा बढी ग्राहक सदस्यहरूले प्रत्यक्ष सेवा लिइरहेका छन् भने यो क्षेत्रमा १७ अर्बभन्दा बढी लगानीमा रही रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया