नेपाल बैंकको एक सय ९२औं शाखा दाङको लमहीमा
काठमाडौँँ ।
नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८४औं वर्ष प्रवेशको अवसरमा दाङ जिल्लाको लमहीमा स्थापना गरेको १९२औं शाखाको कात्तिक ३० गते आइतबार लक्ष्मीपूजाका दिन उद्घाटन गरिएको छ । लमही नगरपालिकाका प्रमुख कुलबहादुर खत्री क्षेत्री तथा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाशकुमार अधिकारीले सो शाखाको संयुक्त रूपमा उद्घाटन गरेका हुुन । योसँगै बैंकको नेटवर्क २०३ शाखा, ३८ एक्स्टेन्सन काउन्टर, १३२ एटीएममा विस्तार भएको छ ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले वार्षिकोत्सवको उपलक्ष्यमा नेबैली एनिर्भसरी व्यवसाय कर्जाको सुरुवात गरेको जानकारी गराए । वार्षिक छ दशमलव ९९ प्रतिशत मात्र ब्याजदर कायम गरिएको यस एनिर्भसरी व्यवसाय कर्जाको सिमा १० करोडसम्मको रहेको, व्यवसाय दर्ता भएको छ महिना पुगेको हुनुपर्ने, उत्पादन वा खरिद लागतको एक सय प्रतिशतसम्म वा स्टक तथा स्टक एण्ड रिसिभेवलको ८० प्रतिशतसम्म लगानी गर्न सक्नेछ ।
ग्राहकहरूको अटल विश्वास र भरोसाको उच्च कदर गर्दै बैंकले अत्याधुनिक बैंकिङ सेवा सुविधाहरू मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डिम्याट खाता, मेरो सेयर, सी–आस्बा र भिसा डेबिट कार्ड कार्ड निःशुल्क प्रदान गर्दै आइरहेको छ । यसका अतिरिक्त अधिकारीले दाङ जिल्लामा बैंकको शाखा सञ्जाल विस्तार गर्न आफू समेत लागिपरेको र अत्याधुनिक बैंकिङ सेवाहरू, विभिन्न प्रकारका कर्जाहरू, एलसी तथा ग्यारेन्टी सुविधाहरू, एटीएम, डिजिटल बैंकिङ सेवाहरू आदि प्रतिस्पर्धी एवं नेपालको बैंकिङ इण्डस्ट्रीमै सस्तो दररेटमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
उक्त कार्यक्रमका प्रमुख अतिथि लमही नगरपालिकाका प्रमुख (मेयर) श्री कुलबहादुर खत्री क्षेत्रीले लमहीमा नेपाल बैंकको शाखा स्थापना हुनु लमहीबासीहरूको गर्वको कुरा भएको, यस शाखाको सञ्चालनले विभिन्न कार्यका लागि नेबेलिको घोराही शाखासम्म पुग्नुपर्ने अवस्थाको अन्त्य हुने बताए । यसले नगरबासीहरूको तथा देउखुरी क्षेत्रका विभिन्न कार्यालयहरू, कर्मचारीहरू, कर्जा ग्राहकहरू, विद्यालयहरू आदिको ठूलो श्रम तथा समयको बचत हुने, लमही नगरपालिकाले विभिन्न सहकार्य गर्दै जाने र सहुलियतपूर्ण कर्जाहरू यसै बैंकको माध्यमबाट उपलब्ध गराउन पहल गरिने जानकारी पनि दिए । नेपाल बैंकद्वारा प्रतिस्पर्धी, छिटोछरितो सेवाप्रवाह, ग्राहकमैत्री वातावरणलगायतका कुराहरूमा ध्यान दिनुपर्ने बारेमा पनि उनले जोड दिए ।
बैंकका लमही शाखाका शाखा प्रबन्धक नोर्बु लामाको सभापतित्वमा आयोजित उक्त कार्यक्रम बैंकका तुल्सीपुर शाखाका शाखाप्रबन्धक श्री विश्वराज अधिकारीले गरेका थिए भने बैंकका सिसहनिया शाखाका शाखाप्रबन्धक प्रशन्न धितालले स्वागत मन्तव्य राखेका थिए । नेपाल बैंकका लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख पासाङ दोर्जे शेर्पाले बैंकका नयाँ प्रडक्टहरूको बारेमा जानकारी गराउँदै छिटो छरितोरूपमा गुणस्तरीय सेवाहरू प्रदान गर्ने प्रण गरे ।
उक्त कार्यक्रममा लमहीका उद्योगी/व्यवसायी नारायण डाँगी (छम्पाली), लमही उ.वा.संघका पूर्वअध्यक्ष तथा राप्ती फिड ईण्डस्ट्रीज प्रालिका अध्यक्ष लिलाराज खनाल, खानेपानी संस्था लमहीका सचिव सनम पौडेल, लमही न.पा. वडा नं. ५ का वडा अध्यक्ष बिमबहादुर केसीलगायतका वक्ताहरूले आ–आफ्नो बिचार राख्दै लमही शाखाले उत्कृष्ट सेवा प्रदान गरी नगरबासीहरूलाई सम्पूर्ण प्रकारका बैंकिङ सेवाहरू प्राप्त गर्ने अवसर मिल्ने अपेक्षा प्रकट गरे ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया