Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारथप एक हजार छ सय ६९ जनामा कोरोना

थप एक हजार छ सय ६९ जनामा कोरोना


काठमाडौँ ।
नेपालमा आइतबार थप एक हजार छ सय ६९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ३२ जनाको नमूना परीक्षण गर्दा थप एक हजार छ सय ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका हुन् । थपिएका कुल सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्रै नौ सय ५७ जना छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या दुई लाख २० हजार ३ सय ८ पुगेको छ भने निको हुनेको सङ्ख्या एक लाख ९९ हजार २४ जना छन् ।

योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख २० हजार ३ सय ८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या पाँच हजार ६ सय ९९ छ । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक लाख ९९ हजार २४ रहेको छ । देशैभर जम्मा सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार ९ सय ६३ रहेको मन्त्रालयले जनाएको छ ।

सक्रिय सङ्क्रमितमध्ये संस्थागत आइसोलेसनमा ६ हजार ३ सय ५१ र होम आइसोलेसनमा १३ हजार ६ सय १२ जना रहेका छन् । २४ घण्टामा काठमाडौँमा ७ सय ३३, ललितपुरमा १ सय ३१ र भक्तपुरमा ५३ जनामा कोरोना संक्रमण भएको छ । आइतबार थप १६ जनाको मृत्यु भएको छ । विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच करोड ८५ लाख ४८ हजार ३ जना पुगेको छ भने निको हुनेको सङ्ख्या चार करोड पाँच लाख १३ हजार १७ जना रहेका छन् ।

कोरोना भाइरस सङ्क्रमणका कारण आइतबार सिरहामा जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ । सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक ५० वर्षीय गौरीशङ्कर देवको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो ।

सप्तरीको राजविराज नगरपालिका–२ निवासी जनस्वास्थ्य अधिकृत देवलाई करिब दुई साताअघि कोरोना पुष्टि भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो । यस्तै, एक जना चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला अस्पताल हुम्लाका आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । आइतबार बिहान २८ वर्षीय चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आकस्मिक र प्रसूतिबाहेकका सम्पूर्ण सेवा अनिश्चित समयका लागि बन्द गरिएको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया