घिरिङमा दुई ठूला आयोजना निर्माण सुरु
कृष्ण न्यौपाने
दमौली ।
तनहुँको दक्षिणी भेगमा अवस्थित घिरिङ गाउँपालिकामा दुई ठूला आयोजना निर्माणको काम सुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा एक हप्ताको अवधिमा दुई ठूला आयोजनाको काम सुरु भएको हो । घिरिङ–१ वैडीदेखि देवघाट जोड्ने शालिग्राम कोरिडोर र घिरिङ गाउँपालिका–४ देखि नवलपुरको डेडगाउँ जोड्ने मानपुर–डेडगाउँ–बुलिङटार सडक निर्माणको काम सुरु भएपछि स्थानीय बसिन्दा खुसी भएका छन् ।
घिरिङ–१ पुट्टारका स्थानीयवासी विष्णुभक्त सिग्देलले प्रदेश सरकारमार्फत महत्वपूर्ण दुई ठूला आयोजना सुरु भएसँगै यस क्षेत्रका बासिन्दा खुसी भएको बताए । विकट गाउँपालिकाका रुपमा अवस्थित यहाँ प्रदेश सरकारले विशेष प्राथमिकता दिएर योजना सञ्चालन गरेको उनले बताए । ती कामको ठेक्का धुलिखेलस्थित खड्का कृष्ण पिके जेभीले पाएको छ ।
उक्त कम्पनीले करिडोरमा कटिङ, कल्भर्ट निर्माण, कजवे, ग्याबिनलगायतका काम गर्नेछ । करिडोरको ३८ करोड ९६ लाख रुपैयाँ लागत इष्टमेट गरिएको थियो । यस्तै मानपुर डेडगाउँ सडकमा कालोपत्रका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत २२ करोड ८५ लाख ४१ हजार सात सय ९३ रुपैयाँको लागतमा ठेक्का लागेको छ । ३५ करोड १४ लाख ७४ हजार एक सय नौ रुपैयाँ लागत अनुमान गरिए पनि हेटौँडास्थित सपना निर्माण सेवाले १२ करोड २९ लाख ३२ हजार तीन सय १६ रुपैयाँ कम रकममा सडक कालोपत्रको ठेक्का पाएको छ । सडक कालोपत्रको सम्झौता वि.सं. २०७६ फागुन ७ गते भएको थियो । त्यसलगत्तै नेपालमा कोरोनाको महामारी सुरु भएको र बन्दाबन्दीका असरका कारण काम सुरु हुनसकेको थिएन । निर्माण कम्पनीले उक्त मार्गमा सडक चौडाइ बनाउने काम सुरु गरिसकेको निर्माण कम्पनीका सञ्चालक हरि ढकालले जानकारी दिए ।
घिरिङ –४ मानपुरबाट सुरु भएर डेढगाउँको सिमानासम्मको ११ किलोमिटर खण्डमा सडक कालोपत्र हुनेछ । वि.सं. २०७८ फागुन ७ गतेसम्म सम्पन्न गर्ने म्याद रहेको सडकखण्डमा आधुनिक प्रविधिको अल्फास्ट कालोपत्र गरिनेछ । उक्त सडकको चौडाइ सात मिटर रहनेछ भने साढे पाँच मिटरको कालोपत्र र सडकमा एक मिटरको नाला निर्माण हुनेछ । कालोपत्रका लागि यस वर्ष चार करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
वि.सं. २०५१ मा साधारण मार्ग खुलेको उक्त मार्ग कालोपत्र हुने भएपछि स्थानीयवासी खुसी छन् । स्थानीयवासी श्यामकुमार श्रेष्ठले यस मार्गलाई प्रदेश सरकारले गौरवको योजनाका रुपमा सूचीकृत गरेर कालोपत्रको काम सुरु गरेपछि यस भेगका जनता हर्षित भएको जानकारी दिए । ‘यो मार्ग हुँदै अहिले नवलपुर पुग्न सकिन्छ, तर धूलोको एकदमै समस्या छ, कालोपत्र भएपछि स्थानीयवासीलाई निकै सहज हुन्छ’, उनले भने, ‘विगतमा नेताहरुले यस बाटोलाई भोट बैंकका रुपमा मात्रै प्रयोग गरे, अहिले आएर बल्ल सपना साकार हुने क्रममा छ ।’
दुई वडा जोड्न पक्की पुल निर्माण हुने : शुक्लागण्डकी र स्याङ्जा जिल्लाका सेतीपारीका बासिन्दाको सहज आवतजावत र कृषि उत्पादनको व्यवसायीकरणलाई सहयोग पु-याउन पुल निर्माण गर्न लागिएको प्रदेशसभा सदस्य कोइरालाले जानकारी दिईन् । ‘यस ठाउँमा पक्की पुलको अति आवश्यकता थियो, सोहीबमोजिम नै गण्डकी प्रदेश सरकारले पक्की पुल निर्माणको लागि प्राथमिकता दिएको छ’, उनले भनिन । कोइरालाले प्राविधिकबाट पुल निर्माणका लागि प्रारम्भिक अध्ययन भइसकेको र अब छिट्टै विस्तृत सर्वेक्षण प्रतिवेदन (डिपीआर) तयार हुने जानकारी दिईन् । यहाँ मोटरेबल पुल नहुँदा दुलेगौँडाको पुल्चोक हुँदै घारी जानुपर्ने बाध्यता छ । पुल निर्माणपछि वारिपारी गर्न दूरीसमेत छोटिनेछ ।
स्थानीयवासीको भेलाले पुल निर्माणका लागि शरण सापकोटाको अध्यक्षतामा १९ सदस्यीय उपभोक्ता समितिसमेत गठन गरेको छ । समितिको उपाध्यक्षमा सन्तु ढकाल, सचिवमा अस्मिता खनाल, कोषाध्यक्षमा नवराज तिवारी र सहसचिवमा सुमन श्रेष्ठ चयन भएका छन् । समितिको सदस्यमा विशाल केसी, अनिषकुमार ढकाल, हरिलाल रिमाल, उदयराज गुरूङ, मुक्ति सापकोटा, सुरेन्द्र तामाङ, रमेश भुजेल, टेकनारायण कोइराला, राजु श्रेष्ठ, अप्सरा भण्डारी, शर्मिला विश्वकर्मा, विनोद वाग्ले र बुद्धिमाया गुरूङ रहेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया