नेपालको स्मार्टफोन बजारमा शाओमी पहिलो स्थानमा
काठमाडौं ।
चर्चित स्मार्टफोन कम्पनी शाओमी नेपालको नम्बर १ स्मार्टफोन ब्रान्ड हुन सफल भएको छ । आईडीसीको पछिल्लो वल्र्डवाइड त्रैमासिक मोबाइल फोन ट्र्याकर, तेस्रो त्रैमासिक, २०२० रिपोर्टअनुसार शाओमी फेरि नेपालको नम्बर एक स्मार्टफोन ब्रान्ड बनेको हो । सन् २०२० को पहिलो त्रैमासिकमा ब्राण्डले नेपालको स्मार्टफोन बजारमा नेतृत्व गरेको थियो र यो दोस्रोपटक फेरि पहिलो स्थानमा उकालो लागेको छ ।
कम्पनीका अनुसार हाल युनिट शिपमेन्टमा आधारित ३४ दशमलव १ प्रतिशत बजार सेयर रहेको ब्राण्डले सफलतापूर्वक मी र रेडमी सिरिजका स्मार्टफोन सार्वजनिक गर्दै स्मार्टफोन वर्गको लागि नेपालमा शीर्ष स्थान ओगटेको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले आईडीसीको सन् २०२० तेस्रो त्रैमासिकको रिपोर्टअनुसार शाओमी नेपालको नम्बर १ स्मार्टफोन ब्राण्ड भएको बताए ।
साथै उनले मी फ्यानहरूबाट प्राप्त गरेको प्रेम र समर्थनका लागि सधैँ आभारी रहेको र आगामी दिनमा सबैको लागि नवीन प्रविधि प्रदान गर्ने कम्पनीको उद्देश्यको नजिक पुग्न मद्दत गरेको बताए । कम्पनीका उत्पादनहरू, व्यावसायिक मोडल र पूर्वाधारहरूमा निरन्तर नवीनतामार्फत प्रयोगकर्ताहरूको निरन्तर विश्वास जित्ने र प्रशंसा प्राप्त गर्ने कम्पनीको प्रतिबद्धतातिर काम गर्न जारी राख्ने उनले बताए ।
कम्पनीका विभिन्न मूल्य विन्दुमा शीर्ष विशेषता भएका स्मार्टफोनहरु सिरिजहरु — रेडमी ९ए, रेडमी ९सी, रेडमी ९, रेडमी नोट ९, रेडमी नोट ९ प्रो र रेडमी नोट ९ प्रो म्याक्स बजारमा उल्लेखनीय रुपमा वृद्धि भएको छ । शाओमीले अनलाइन बिक्री साझेदार दराज डटकम र सस्तोडिलसँग काम गरिरहेको छ, जसले ब्राण्डको व्यापक पहुँचमा ठूलो योगदान पु-याइरहेको छ । अफलाइन विस्तारले समग्र वृद्धिमा अहं भूमिका निर्वाह गरेको कम्पनीले जनाएको छ ।
शाओमीले देशभर एक हजार छ सयभन्दा बढी अफलाइन पार्टनर स्टोरहरू र तीन सय ५० भन्दा बढी मी प्रिफर्ड पार्टनर स्टोरहरु स्थापना गर्दै नेपालमा आफ्नो उपस्थिति बढाइरहेको छ । कम्पनी हाल विभिन्न स्थानहरुमा एक मजबुत वितरण नेटवर्कको पकड बनाएको जनाएको छ । कम्पनीका अनुसार उनीहरूले आधिकारिक सर्भिस सेन्टरमार्फत बिक्रीपछिको सेवा मजबुद बनाउनका साथै नेपालमा ग्राहकका आवश्यकताहरू पूरा गर्न समर्पित वेयरहाउसमार्फत बजारमा आफ्नो स्थितिको सुदृढीकरण गरेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया