नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पायो सम्मान
काठमाडौं ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सम्मानपत्र प्राप्त गरेको छ । आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरमा आयोजित नवौं राष्ट्रिय कर दिवस २०७७ विशेष कार्यक्रममा उक्त कार्यालयले आफ्नो क्षेत्राधिकारका करदाता मध्ये आ.व.२०७६/७७ मा सबैभन्दा बढी आयकर बुझाएवापत नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडलाई सम्मान–पत्रप्रदान गरी कदर गरेको हो । उक्त सम्मान–पत्रआन्तरीक राजस्व कार्यालय नयाँ बानेश्वरका प्रमुख कर अधिकृत नरेन्द्र प्रकाश पाण्डेयले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।
आईतबार आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरमा आयोजित ‘नवौं राष्ट्रिय कर दिवस २०७७’ विशेष कार्यक्रममा उक्त कार्यालयले बैंकलाई उक्त सम्मानपत्र प्रदान गरेको हो । दीर्घकालीन स्रोत संकलनमार्फत देशको पूर्वाधार विकासका परियोजनाहरूमा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको बैंकले गत मंसिर ३ गते दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरी नियमनकारी निकायको स्वीकृतिपश्चात् निष्काशन हुनेगरी जारी पुँजीको ४० प्रतिशतले हुने जम्मा आठ अर्ब रुपैयाँबराबरको आठ करोड कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरिसकेको जानकारी बैंकले दिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया