Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभुु बैंकद्वारा सुर्खेतमा एक्सटेन्सन काउन्टर विस्तार

प्रभुु बैंकद्वारा सुर्खेतमा एक्सटेन्सन काउन्टर विस्तार


काठमाडौं ।
प्रभु बैंकले सुर्खेतमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं ०७ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । सुर्खेतस्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउन्टरबाट यही कात्तिक २७ गतेदेखि कारोबार सुरु गरिएको बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरूको बैंकिङ कारोबार प्रभावकारी रूपमा सञ्चालन गरिरहेको बैंकले जिल्ला प्रशासन कार्यलय सुर्खेतमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको हो ।

प्रभुको एक्स्टेन्सन काउन्टरबाट जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरूलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यालयको काम गर्न सहज र सरल हुने भएको छ । बैंकको एक्स्टेन्सन काउन्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयवासी तथा सेवाग्राहीहरूले प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । बैंकले हाल सबै क्षेत्रमा गरी दुई सय ११ वटा शाखा कार्यालय, दुई सय एक एटीएम, ५५ वटा एक्स्टेन्सन काउन्टर तथा १८ वटा शाखारहित बैंकिङ सेवामार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया