Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल इकोनोमिक्स ओलम्पियाडको क्षेत्रीय प्रतिस्पर्धा जनवरीमा हुने

नेपाल इकोनोमिक्स ओलम्पियाडको क्षेत्रीय प्रतिस्पर्धा जनवरीमा हुने


काठमाडौं ।
नेपाल इकोनोमिक्स ओलम्पियाड (एनईओ) दोस्रो राष्ट्रिय इकोनोमिक्स ओलम्पियाड २०२१ को कार्यतालिका सार्वजनिक गरेको छ । आयोजकले दिएको जानकारीअनुसार क्षेत्रीय प्रतियोगिता जनवरी ९ अर्थात् पुस २५ गते हुने भएको छ । क्षेत्रीय र राष्ट्रिय गरी दुई चरणमा हुने प्रतिस्पर्धमा प्रथम चरण अर्थात् क्षेत्रीय छनोट कोरोना महामारीलाई ध्यानमा राख्दै अनलाइन प्रविधिको प्रयोग गरेर सातै प्रदेशमा एकैपटक प्रतिस्पर्धा हुनेछ । सहभागी हुने विद्यार्थीहरुले आफ्नो घरबाटै इन्टरनेटको माध्यमबाट प्रतिस्पर्धामा सहभागी हुन पाउने व्यवस्था मिलाइने आयोजकले जानकारी दिएको छ ।

गत वर्ष क्षेत्रीय प्रतिस्पर्धामा ५० भन्दा बढी शैक्षिक संस्थाबाट करिब तीन सयभन्दा बढी विद्यार्थी सहभागी भएकोमा यस वर्ष देशैभरिबाट गरी करिब दुई सय शैक्षिक संस्थाबाट एक हजारभन्दा बढी विद्यार्थी सहभागी गराउने आयोजकले लक्ष्य लिएको छ । जसबाट ६० जना सहभागीहरु राष्ट्रिय प्रतिस्पर्धाको लागि छनोट हुनेछन् भने राष्ट्रिय प्रतिस्पर्धाबाट उत्कृष्ट पाँच जनाले २०२१ को अन्तर्राष्ट्रिय अर्थशास्त्र ओलम्पियाडमा सहभागी हुने मौका पाउनेछन् । राष्ट्रिय प्रतिस्पर्धा पनि अनलाइन प्लेटफर्ममा २०२१ को मार्च १९ देखि २१ गतेसम्म तीन दिन हुने संस्था कि सूचना प्रमुख सुप्रिया महर्जन सापकोटाले जानकारी दिइन् ।

यस प्रतिस्पर्धा हाइस्कुल वा सो सरहमा अर्थशास्त्र, वित्तीय र व्यवस्थापन अध्ययनरत र यसमा रुचि राख्ने विद्यार्थीहरूका लागि नेपालकै सबैभन्दा ठूलो प्रतिस्पर्धा भएको जानकारी संस्थाका अध्यक्ष अर्जुन सापकोटाले दिए । सापकोटाका अनुसार नेपालबाट यसअघि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन सफल विद्यार्थीहरू हाल विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूमा छात्रवृत्तिमा अध्ययन गरिरहेका छन् । साथै अर्थशास्त्र, वित्त र व्यवसायको क्षेत्रमा असाधारण प्रतिभाशाली विद्यार्थीहरूको खोजी गर्दै र उनीहरूलाई उज्ज्वल भविष्य निर्माणको मार्गका लागि प्रोत्साहित, प्रेरित गर्ने उद्देश्य संस्थाको रहेको सापकोटाले जानकारी दिए । युवा विद्यार्थीहरूको तार्किक बौद्धिक र आलोचनात्मक क्षमता वृद्धि गर्ने गरी यस संस्थाले प्रतिस्पर्धा गर्दै आइरहेको छ ।

नेपालले २०१९ बाट अन्तर्राष्ट्रिय अर्थशास्त्र ओलम्पियाडमा सहभागी हुँदै आइरहेको छ । २०१९ मा प्रथम पटक सहभागी भएर एक कांस्य पदक हात पारेको नेपालले २०२० मा दुईवटा कांस्य पदक हात परेको थियो । २०२० को जुलाईमा काजकस्तानमा हुने तय गरिएको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्ततः विश्वव्यापी कोरोना महामारीको कारण २०२० सेप्टेम्बरमा अनलाइनमार्फत सम्पन्न भएको थियो । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा विश्वभरका राष्ट्रिय छनोटबाट छानिएका विद्यार्थीहरु सहभागी हुँदै आइरहेका


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया