Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारतीन प्रविधि कम्पनीको आईपीओलाई चीनको स्वीकृति

तीन प्रविधि कम्पनीको आईपीओलाई चीनको स्वीकृति


बेइजिङ ।
चीनको धितोपत्र नियामक निकायले विज्ञान तथा प्रविधिसम्बन्धी तीनवटा कम्पनीको प्रारम्भिक सार्वजनिक आह्वान (आईपीओ) अर्थात् साधारण सेयर जारी गर्न स्वीकृति प्रदान गरेको छ । सिन्ह्वाका अनुसार स्वीकृति पाउनेमा वुक्सी ह्याटेक कम्पनी लिमिटेड, शेन्जेन, सनमुन माइक्रोइलेक्ट्रोनिक्स कम्पनी लिमिटेड र डंगुआन डिंगटोंग प्रिसाइजन मेटल कम्पनी लिमिटेड छन् । तीनवटै आईपपीओ सांघाई स्टक एक्सचेन्जको साइन्स टेक्नोलजी इन्नोभेसन बोर्ड अर्थात् स्टार मार्केटमा सूचीकृत हुने चाइना सेक्युरिटिज रेगुलेटरी कमिसनले जनाएको छ ।

आईपीओ जारी गर्ने मिति भने स्टक एक्सचेन्जसँगको छलफलपछि सम्बन्धित कम्पनीले नै तोक्ने बताइएको छ । स्टार मार्केट गत जुनदेखि सुरु भएको हो । यसले उच्चस्तरीय विज्ञान तथा प्रविधि कम्पनी र रणनैतिक रुपमा उदाइरहेका क्षेत्रलाई लक्षित गर्छ । यो बजार अमेरिकाको प्रविधि कम्पनीहरुको सेयरबजार नास्डाककै प्रतिस्पर्धीका रुपमा चीनले स्थापना गरेको हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया