Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालजिल्ला अस्पतालमा डाक्टर नहुँदा समस्याका चाङ

जिल्ला अस्पतालमा डाक्टर नहुँदा समस्याका चाङ


महेन्द्र शाही
साुलुखुम्बु ।
सोलुखुम्बुबाट पछिल्लो १० दिनभित्र चारवटा शव पोस्टपार्टमका लागि छिमेकी जिल्ला ओखलढुंगा लगिएको छ । जिल्ला अस्पताल फाप्लुमा डाक्टर नहुँदा कात्तिक २७ गते यता विभिन्न कारणले मृत्यु भएका ४ जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कार्यालयको तथ्यांकअनुसार कात्तिक २७ गते कर्तव्य ज्यानका नेचासल्यानका एक पुरुष, कात्तिक ३० गते सोही कसुरअन्तर्गत गार्माका एक पुरुषको शव पोस्टमार्टमका लागि ओखलढुंगा पठाइएको हो । त्यसैगरी मंसिर ३ गते पानीले बगाएर मृत्यु भएका बेनीका पुरुष र मंसिर ३ गते नै झुडिएर मृत्यु भएका नेचासल्यानका एक पुरुषको शव ओखलढुंगा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिए । ३ जना डाक्टर कार्यरत जिल्ला अस्पतालमा एक जना डाक्टर कोरोना संक्रमणका कारण आइसोलेसनमा रहेको, एक जना सरुवा भएको तथा एक जना तिहार बिदामा बसेकाले करिब १० दिनदेखि अस्पताल डाक्टरविहीन बनेका छन् ।

डाक्टर नहुँदा अस्पतालबाट प्रभाह हुने प्रसूति सेवा, जटिल प्रकृतिका स्वास्थ्य सेवा तथा पोस्टमार्टम सेवा प्रभावित बनेको अस्पताल स्रोतले जनाएको छ । जिल्लामै उपलब्ध हुने पोस्टमार्टम सेवा समेत डाक्टर अभावका कारण छिमेकी जिल्ला धाउनुपर्दा सेवाग्राहीलाई सास्ती भएको नागरिकको गुनासो छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया