‘द ब्रुकलेन क्रिमरी’ नेपालमा
काठमाडौं ।
ज्योति ग्रुपले जीएफपीएलसँग साझेदारी गरी नेपालमा ‘द ब्रुकलेन क्रिमरी’ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो एक कम क्यालोरी भएको रियल डेरी आइसक्रिम हो, जसमा हरेक स्कुपमा मात्र ७५ क्यालोरी रहेको छ । सन् २००७ मा सन् इन्टरनेशनल इनकर्पोरेटेड प्रालिबाट खाद्य उद्योगमा ज्योति ग्रुपले उक्त कम्पनीमार्फत वर्षौँदेखि आइसक्रिमको व्यापारमा आफ्नो प्रभुत्व जमाउन सफल भएको छ । नेपालभर तीव्र गतिमा आफ्नो डिस्ट्रिब्युसन च्यानल र अफिसहरू विस्तार गर्ने क्रममा रहेको यस ब्राण्डलाई अझ उचाइमा पु-याउनको लागि हस्पिटालिटी र रिटेल क्षेत्रका दक्ष तथा समर्पित टिमको साथ रहेको छ ।
ज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योति, पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठका साथै ज्योति ग्रुपका टिमको उपस्थितिमा आइतबार काठमाडौंमा द बु्रकलेन क्रिमरीलाई सार्वजनिक गरिएको थियो । यसै सार्वजनिक इभेन्टमार्फत भिगन आइसक्रिम, चकलेट बार, फ्रुट बार र आइसक्रिमहरूका विभिन्न प्रकारहरू सार्वजनिक गरिएको थियो । हालको समयमा द ब्रुकलेन आइसक्रिमहरू अनलाइनमार्फत बिक्री भइरहेको र आउँदो समयमा नेपालका विभिन्न आउटलेटहरूबाट यसको बिक्री वितरण गरिने कम्पनीको भनाइ छ । दुई साइजमा उपलब्ध यस आइसक्रिमको मूल्य २ सय २५ रुपैयाँ (१०० एमएल) र ७ सय ७५ रुपैयाँ (४५० एमएल) रहेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया