Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेयर बजार परिसूचक १७ सय ८० अंकमा

सेयर बजार परिसूचक १७ सय ८० अंकमा


काठमाडौं ।
सेयर बजार परिसूचक ओरालो लागेको छ । अघिल्लो दिन उकालो लागेको सेयर बजार परिसूचक दुुई दशमलव ३८ अंकले ओरालो लागेर १७ सय ८० दशमलव ४३ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव १२ अंकले ओरालो लागेर तीन सय ४४ दशमलव ९५ अंकमा झरेको छ । यसदिन कुल एक सय ९९ कम्पनीहरूको कारोबार भएका छन् । जसबाट ४६ हजार दुई सय ४० पटकको कारोबारमा एक करोड २० लाख २१ हजार तीन सय ४७ कित्ता सेयर खरिदबिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम चार अर्ब ७६ करोड २७ लाख चार हजार छ सय ११ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । सोमध्ये चारवटा समूहको सूचक उकालो लागेका छन् भने आठवटा समूहको सूचक ओरालो लागेका छन् । यसदिन वाणिज्य बैंक समूहको सूचक छ दशमलव पाँच अंकले उकालो लागेर १३ सय ५७ दशमलव ९७ अंकमा चढेकोमा होटल समूहको सूचक पनि ७६ दशमलव ६९ अंकले उकालो लागेर दुई हजार एक सय १० दशमलव ७९ अंकमा चढेको छ । यसैगरी ट्रेडिङ समूहको सूचक २९ दशमलव १७ अंकले उकालो लागेर दुई हजार ९८ दशमलव ३५ अंकमा चढेकोमा उत्पादनमूलक समूहको सूचक पनि एक सय ३३ दशमलव ९८ अंकले उकालो लागेर तीन हजार आठ सय ७८ दशमलव ५५ अंकमा चढेको छ ।

यीबाहेक विकास बैंक समूहको सूचक भने एक दशमलव ८१ अंकले ओरालो लागेर दुुई हजार एक सय १० दशमलव ५८ अंकमा झरेकोमा जलविद्युत् समूहको सूचक पनि एक दशमलव ७५ अंकले ओरालो लागेर १४ सय २४ दशमलव ९० अंकमा झरेको छ । निर्जीवन बीमा समूहको सूचक पनि यसदिन एक सय २५ दशमलव ९७ अंकले ओरालो लागेर नौ हजार दुुई सय ४१ दशमलव ५२ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय ८२ दशमलव चार अंकले ओरालो लागेर १० हजार छ सय ६५ दशमलव ६५ अंकमा झरेको छ । यीबाहेक फाइनान्स, अन्य, लघुुवित्त र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः एक दशमलव ७६, १६ दशमलव सात, २० दशमलव ९१ र शून्य दशमलव १७ अंकले ओरालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट प्रालीको सेयर मूल्य नौ दशमलव ९२ प्रतिशतले बढेर दुई सय ७७ रुपैयाँमा प्रतिकित्ता सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको हिमालयन डिष्ट्रिलरी प्रालिको सेयर मूल्य पनि नौ दशमलव ४५ प्रतिशतले बढेर तीन हजार एक सय १५ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक जानकी फाइनान्स, मल्टीपर्पस फाइनान्स आदिको सेयर मूल्य पनि बढेका छन् ।

गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको एनआईसी एसिया ब्यालेन्स फण्डको प्रतियुनिट सेयर मूल्य चार दशमलव ५४ प्रतिशतले घटेर नौ रुपैयाँ ६८ पैसामा किनबेच भएको छ । दोस्रो स्थानमा परेको सिटिजन्स म्युुचअल फण्ड १ को प्रतियुनिट सेयर मूल्य पनि चार दशमलव ३१ प्रतिशतले घटेर १० रुपैयाँमा किनबेच भएको छ । यीबाहेक नेसनल माइक्रोफाइनान्स, विजय लघुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन नेपाल बैंकको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त बैंकको प्रतिकित्ता तीन सय ६८ रुपैयाँ अन्तिम मूल्यमा ३० करोड २२ लाख सात हजार चार सय ६३ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको प्रतिकित्ता ११ सय २७ रुपैयाँ अन्तिम मूल्यमा २९ करोड ३० लाख ३३ हजार सात सय ४१ रुपैयाँ पुुगेको छ । यीबाहेक हिमालयन डिष्ट्रिलरी प्रालि, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया