Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसनराइज बैंकको लाभांश घोषणा

सनराइज बैंकको लाभांश घोषणा


काठमाडौं ।
सनराइज बैंकले लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम रहेको चुक्ता पुँजी आठ अर्ब ९६ करोड ७८ लाख ११ हजार तीन सय ४६ रुपैयाँ १० पैसामध्येबाट आठ दशमलव २८ प्रतिशत अर्थात् ७४ करोड ३५ लाख ३४ हजार सात सय ८६ रुपैयाँ ९१ पैसाबराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकको आइतबार भर्चुुअलरूपमा बसेको सञ्चालक समितिको तीन सय ५९औं बैठकले लाभांश वितरणसम्बन्धी निर्णय गरेको हो ।

घोषणा गरिएको कुल लाभांशमध्येमा पाँच दशमलव ८० प्रतिशत अर्थात् ५२ करोड एक लाख ३३ हजार ६३ रुपैयाँ २९ पैसाको बोनस सेयर र दुई दशमलव ४८ प्रतिशत अर्थात् २२ करोड २४ लाख एक हजार सात सय २३ रुपैयाँ ६२ पैसाबराबरको नगद लाभांश रहेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपश्चात् कार्यान्वयनमा आउने बैंकले जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया