ओप्पोद्वारा फुल–पाथ कलर म्यानेजमेन्ट सिष्टम सार्वजनिक
काठमाडौं ।
ओप्पोले फुल–पाथ कलर म्यानेजमेन्ट सिस्टम, आफ्नो सन् २०२१ मा सार्वजनिक हुने फ्ल्यागशिप स्मार्टफोन फाइन्ड एक्सथ्रीको अंगका रुपमा प्रिमियर गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार फुल–पाथ कलर म्यानेजमेन्ट सिस्टम, एण्ड्रोइड कलर म्यानेजमेन्ट सिस्टममा फुल डीसीआई–पीथ्री वाइड ग्याम्यूट र क्याप्चर, स्टोरेज र डिस्प्लेमा १० बिट कलर डेप्थ सपोर्ट गर्ने पहिलो प्रणाली हो । यसमा निहित प्रामाणिक र सटिक कलर रिप्रडक्सन क्षमताका कारण यसले प्रयोगकर्तालाई अतुलनीय दृश्यानुभूति प्रदान गर्ने कम्पनीको भनाइ छ ।
‘रंगले सिर्जनशीलताका लागि प्रेरित गर्नुका साथै यथार्थप्रतिको हाम्रो दृष्टिकोणमै परिवर्तन ल्याउँछ । यही कुरालाई दृष्टिगत गर्दै हामीले कलर म्यानेजमेन्ट सिस्टमका हरेक पक्षलाई सुदृढ गर्दै दैनिकीमा उत्कृष्ट तथा उच्च गुणस्तरीय दृश्य पस्किने प्रयास गरेका छौँ’, ओप्पोका उत्पादन व्यवस्थापक पाईले भने, ‘फाइन्ड एक्सटू प्रोको स्टेलर कलर परफरमेन्समा आधारित भई नयाँ फुल पाथ कलर म्यानेजमेन्ट सिस्टम १०बिट इमेज क्याप्चरिङ र एचईआईएफ फरम्याट सपोर्टका लागि विशेष सावधानीपूर्वक विकास गरिएको हो । हाम्रा प्रयोगकर्तालाई त्रुटिरहित व्यवस्थित रंगको अनुभव प्रदान गर्नु हाम्रो उद्देश्य हो । यसले कन्टेन्ट निर्माताका अन्वेषण, क्याप्चर र आफूलाई खुला रुपमा प्रस्फुटन गराउने कार्यमा तेवा पु-याउनेमा हामी विश्वस्त छौँ ।’
यसैगरी ‘वाइड कलर गामुट’ र उच्च कलर डेप्थको ट्रेण्ड नियाल्दै ओप्पोको आरएण्डडी समूहले कलर रिप्रडक्सनका लागि आफ्ना सम्बन्धित प्रणाली र हार्डवेयरका क्षेत्रमा उल्लेख्य सुधार प्रस्तुत गरेको छ । सार्वजनिक नयाँ प्रणालीले छवि अधिग्रहण, गणना, एन्कोडिङ, सञ्चय, डिकोडिङ र अन्ततः १० बिट कलर डेप्थ र पीथ्री वाइड कलर गामुटसहित एचईआईएफ इमेज सपोर्ट गर्ने गरी दृश्य सम्प्रेषण गर्ने कम्पनीको भनाइ छ । व्यवस्थापन प्रणालीका रुपमा फुल–पाथ कलर म्यानेजमेन्ट प्रणालीले उच्च कोटीको अल्गोरिथम र हार्डवेयरमार्फत दृश्य खिच्दादेखि नै रंग रेकर्ड गर्छ ।
ओप्पोको आरएण्डडी इन्जिनियरिङले विकृति सुधार, मल्टि–फ्रेम न्वाइज रिडक्सन र पर्सेप्चुअल एक्स्ट्रिम सुपर रिजोलुसनलगायत क्षेत्रका अल्गोरिथममा व्यापक विकास प्रस्तुत गरेको छ । साथै, ओप्पोले डिजिटल ओभरल्याप (डीओएल) एचडीआर पनि सपोर्ट गर्ने क्षमता राख्छ । डीओएल–एचडीआर प्रविधिले प्रेषित हुने छविमा एक्स्पोजरका विभिन्न अवस्थाको संश्लेषण गर्छ । ओप्पोको स्क्रिन क्यालिबरेसन प्रक्रियाले व्यावसायिक, डिजिटल फिल्म श्रेणीको रंग सटिकतालाई करिब ०.४ जेएनसीडी पु-याउन सघाउँछ । यसले गर्दा स्क्रिनमा लगातार सटिक र उत्कृष्ट दृश्य सम्प्रेषण हुन्छ ।
त्यसैगरी, ओप्पोको स्वामित्वमा रहेको अल्गोरिथमले डीसीआई–पीथ्रीको आवश्यकताअनुसार समायोजन गरी कलर स्पेसको केन्द्रमा डी६५ ह्वाइट प्वाइन्टका साथमा कलर गामुट अनुकूलताको सुनिश्चितता प्रदान गर्छ । १०–बिट कलर डेप्थले कलर ग्राडियन्टमा थप सुधार ल्याई सिर्जना र पोष्ट एडिटिङका दौरान भिजुअल कन्टेन्टको गुणस्तर अझ आकर्षक देखाउन सघाउने कम्पनीको भनाइ छ ।
जेपीईजी तस्बिरको करिब ५० प्रतिशत मात्र साइज भए पनि नयाँ शक्तिशाली एचईआईएफ फरम्याटले स्थिर तस्बिर, ईएक्सआईएफ, डेप्थ इन्फरमेसन र डायनामिक भिडियोलगायत विभिन्न किसिमका मल्टिमिडिया सपोर्ट गर्छ । यसले गर्दा प्रयोगकर्तालाई पर्याप्त सिर्जनात्मक स्वतन्त्रता प्राप्त हुन्छ । एचईआईएफ फरम्याटलाई थप विकसित गरी अल्ट्रा–हाई कलर डेप्थका लागि समेत अनुकूलता सुनिश्चित गर्न सकिन्छ ।
कम्पनीका अनुसार सन् २०१८ मै ओप्पोको आरएण्डडी समूह स्मार्टफोन प्रयोगकर्ताहरूले झेल्दै आइरहेको कलरसम्बन्धी कमजोरीबारे सजग भइसकेको थियो । प्रयोगकर्तालाई दृश्यानुभवमा उत्कृष्टता दिने सोचका साथ समूह कलर करेक्सनमा माथि अन्वेषण गर्दै आइरहेको थियो । अब भने बृहत् कलर करेक्सन सोलुसन प्रदान गर्दै ओप्पो एक कदम अगाडि बढेको छ ।
यसका लागि कलर विकनेसमाथि बृहत् मात्रामा क्वान्टिटेटिभ र क्वालिटेटिभ अध्ययन गर्दैै ओप्पोले जेज्याङ विश्वविद्यालयसँग सहकार्य गरी कलर करेक्सनमा अझ सटिक समाधान उपलब्ध गराउन आफ्ना सम्भावित प्रयोगकर्ताहरूमाझ कलर भिजन टेस्टको एक्युरेट क्वान्टिफिकेसन गरिरहेको छ । विश्वविद्यालयका कलर एण्ड इमेज साइन्सका प्राध्यापक डा. ल्यो मिंगले भने, ‘हामी हाल मानव कल्याणका लागि मानिसको व्यक्तिगत पृथकतामाथि बढी जोड दिइरहेका छौँ । यस आधारमा भविष्यको कलर करेक्सन प्रणाली अझ प्रयोगकर्ता केन्द्रित हुने निश्चित छ । आउँदा दिनहरूमा प्रयोगकर्ताहरूले आफ्नो आवश्कता र चाहनाअनुसार स्मार्टफोनको प्यालेटमार्फत पृथक् र व्यक्तिगत चाहनाअनुसार डिस्प्ले चयन गर्न र परीक्षण तथा परिमार्जन गर्न सक्नेछन् ।’
नवप्रवर्तनका लागि खर्चेको लामो समयका कारण ओप्पो अहिले स्मार्टफोनका लागि कलर एक्स्प्रेसनमा नयाँ उचाइ पाउन सफल भएको छ । फुल–पाथ कलर म्यानेजमेन्ट प्रणाली पहिलोपटक ओप्पोको २०२१ फ्ल्यागशिप फाइन्ड एक्सथ्री सिरिजमार्फत उपलब्ध गराइनेछ । आफ्नो प्रामाणिक, सटिक र व्यक्तिगत कलर म्यानेजमेन्टमार्फत ओप्पोले आफ्ना प्रयोगकर्तालाई सहज रुपमा विश्वको अनुभव गर्दै जीवनका पलहरू अझ रंगीनरुपमा कैद गर्न सघाउने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया