Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफोनपेको ‘क्यूआरमा उपहार’ योजना सार्वजनिक

फोनपेको ‘क्यूआरमा उपहार’ योजना सार्वजनिक


काठमाडौं ।
फोन पे पेमेन्ट सर्भिस लिमिटेडले आफ्ना प्रयोगकर्ता तथा मर्चेन्टहरूलाई लक्षित गर्दै ‘क्यूआरमा उपहार’ योजना सार्वजनिक गरेको छ । फोनपेका प्रयोगकर्ता र मर्चेन्टहरूलाई क्यूआरमार्फत भुक्तानी गर्न प्रेरित गर्ने उद्देश्यले यो उपहार योजना सञ्चालनमा ल्याइएको हो । जहाँ प्रयोगकर्ताले दैनिक, साप्ताहिक र मासिक रूपमा उपहार जित्न सक्नेछन् । यस योजनामा दैनिक पाँच जना प्रयोगकर्ता र मर्चेन्टले एक हजार रुपैयाँ, हरेक हप्ता दुई जना प्रयोगकर्ता र मर्चेन्टले १० हजार रुपैयाँ, हरेक महिना एक जना प्रयोगकर्ता र मर्चेन्टले एक लाख रूपैयाँ जित्न सक्नेछन् ।

यस्तै बम्पर उपहारमा एक जना भाग्यशाली प्रयोगकर्ता र एक जना मर्चेन्टले एक÷एक वटा यमाहाको रेजेडआर आई१२५ एफ वान स्कुटर जित्नसक्ने कम्पनीले जनाएको छ । बम्पर उपहार योजनाको अन्तिममा सार्वजनिक गरिनेछ । यो योजना ८ मंसिरदेखि ११ माघसम्म सञ्चालन हुने बताइएको छ । फोनपेसँग आबद्ध बैंक तथा इ–सेवाको मोबाइल बैंकिङबाट प्रयोग गर्ने प्रयोगकर्ताहरू यस उपहार योजनामा सहभागी हुनेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया