काठमाडौं ।
काठमाडौं उत्यकामा थप नौ सय ४७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै उपत्यकामा सङ्क्रमितको सङ्ख्या एक लाख चार हजार छ सय ८२ पुगेको छ । मंगलबार थपिएका सङ्क्रमितमध्ये काठमाडौंका ६ सय ९२, ललितपुरका १ सय ९० तथा भक्तपुरका ६५ रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।
हालसम्म काठमाडौँमा ८४ हजार ५ सय १७, ललितपुरमा १२ हजार ५ सय ७७ तथा भक्तपुरका सात हजार ५ सय ८८ सङ्क्रमित भएका छन् । तीमध्ये काठमाडौँमा ७६ हजार ४ सय ४२, ललितपुरमा १० हजार ८ सय ९७ तथा भक्तपुरमा छ हजार ८ सय ९३ सङ्क्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । हालसम्म काठमाडौँमा ३ सय ३१, ललितपुरमा ९१ तथा भक्तपुरमा ८७ जनाको कोरोनाबाट ज्यान गएको छ ।
यस्तै, काठमाडौं उपत्यकासहित देशभर थप एक हजार ७ सय ९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा एक हजार ६९ पुरुष र ७ सय २१ महिला छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख २४ हजार ७८ पुगेको छ । थप १० हजार ८ सय
४३ को पीसीआर परीक्षण गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख चार हजार ५८ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ७ सय ९१ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १७ हजार ८ सय ५९ सक्रिय सङ्क्रमित छन् । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या एक हजार ३६१ पुगेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया