सोलुखुम्बु ।
सोलुखुम्बुमा साइक्लिङ टुरिजमको प्रशस्त सम्भावना रहेको साइक्लिङका सम्लग्न युवाहरूले बताएका छन् । मनोरम हिमाली दृष्यलाई आँखैमा राखेर गर्न सकिने साइक्लिङको प्रवर्द्धन भने आवश्यक रहेको उनीहरूको भनाइ छ । जिल्लाको रात्नाङ्गे धाप पिके साइकल यात्रामा सहभागी युवाहरूले प्रचार प्रसारमा ध्यान दिन सके साइक्लिङकै लागि पनि सोलुखुम्बुमा हजारौँ विदेशी पर्यटक आउने सम्भावना रहेको बताएका छन् ।
‘ग्रामीण जनजीवन, लगातारको हिमाली दृष्य र स्थानीय सांस्कृतिले सोलुखुम्बुको पिके क्षेत्रमा गरिने साइक्लिङमा कहिल्यै थकान हुन्न’ साइक्लिङमा सम्लग्न युवा ग्याल्जेन शेर्पाले भने । अर्का युवा उजन मानन्धर भने सयौंं अग्ला हिमालहरू आँखैअगाडि देख्न पाउँदा आनन्द प्राप्त भएको बताउँछन् । सोलुखुम्बुमा साइक्लिङ टुरिजमलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित हिमालयन नेपाल युथ क्लवको आयोजनामा रात्नाङ्गे धाप पिके साइकल यात्रामा हालै सहभागी भएका पाँच युवालाई आयोजकले प्रमाणपत्र समेत प्रदान गरेको छ । सात दिने साइकल यात्रामा ग्याल्जेन शेर्पा, लिजोन थापा, मिङमार शेर्पा, उजन मानन्धर र उज्वल तिमलिस्ना सहभागी थिए । सोलुखुम्बुमा साइक्लिङ टुरिजमको प्रवर्द्धनका लागि संस्थाले प्रयास गर्ने हिमालयन नेपाल युथ क्लबका अध्यक्ष पेम्बागेलु शेर्पा बताउँछन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया