Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगट्याक्सीमाण्डु सञ्चालनमा आएको एक वर्ष

ट्याक्सीमाण्डु सञ्चालनमा आएको एक वर्ष


काठमाडौं ।
अनलाइन ट्याक्सी बुकिङ एप ट्याक्सीमाण्डु सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ । सञ्चालनको एक वर्ष पूरा गरेसँगै ट्याक्सीमाण्डुले आफ्ना सेवा र सुविधालाई थप व्यवस्थित र विस्तार गर्ने प्रतिबद्धतासहित मंसिर महिनाभरका लागि केही आकर्षक छुटसहितका स्किमहरू ल्याएको छ । ट्याक्सीमाण्डु प्रालिले ल्याएका स्किमहरू ट्याक्सी चालक तथा यात्रुको फाइदामा लक्षित छन् । जसमध्ये ट्याक्सी चालकहरूले मंसिर महिनाभर शून्य प्रतिशत कमिसनमा एपमार्फत यात्रुलाई सेवा दिन पाउनेछन् । यो महिनाभर ट्याक्सी चालकले एप प्रयोग गरेबापत ट्याक्सीमाण्डुलाई कुनै पनि कमिसन दिनुपर्नेछैन ।

त्यस्तै एपको प्रयोग गरेर ट्याक्सी बुक गर्ने यात्रुले प्रत्येक राइडमा ५० रुपैयाँ छुट पाउनेछन् । छुटका लागि यात्रुले ट्याक्सीमाण्डू फस्ट प्रोमो कोड प्रयोग गर्नुपर्नेछ । यसबाहेक ट्याक्सीमाण्डुले रिफर एण्ड अर्नको स्किम पनि ल्याएको छ । यो स्किमअन्तर्गत ट्याक्सीमाण्डु एप डाउनलोड गरेकाहरूले अरुलाई एपमार्फत डाउनलोड गर्न रिफर गर्नुपर्नेछ । एप डाउनलोड गर्न रिफर गर्ने हरेकले प्रत्येक रिफरमा ५० रुपैयाँ पाउनेछन् । त्यस्तै मंसिर महिनाभर ट्याक्सीमाण्डु एपमार्फत एक सय वटा ट्रिप गर्ने ट्याक्सी चालकले एक हजार रुपैयाँ बोनस पाउने व्यवस्था पनि मिलाइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया