नबिल बैंक र दराज क्यामु प्रालिबीच सम्झौता
काठमाडौं ।
नबिल बैंक र दराज क्यामु प्रालिबीच सम्झौता भएको छ । बैंकले नेपालका साना तथा मझौला उद्यम (एसएमई)लाई सहयोग पु-याउन एक विशेष सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । नबिल बैंक, ग्राहकहरूलाई सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने एक अग्रणी वाणिज्य बैंक हो । दराज नेपाल, हजारौं विक्रेताहरूलाई ग्राहक समुदायसँग जोड्ने देशकै ठूलो अनलाइन स्टोर हो । दुवैको सहकार्यमा ‘सारथी’ भन्ने वित्तीय कार्यक्रम सुरु गरेका छन्, जहाँ दराजका विक्रेताहरूले आकर्षक सुविधा तथा ब्याज दरको नबिल एसएमई कर्जाको लागि आवेदन दिन सक्नेछन् । यो कार्यक्रम सबै एसएमई ग्राहकहरूका लागि बनाइएको छ, जसमा पुराना तथा नयाँ सबै ग्राहकहरूले आवेदन दिन सक्नेछन् ।
सम्झौतामा नबिल बैंकका डेपुटी सीईओ, सुजितकुमार शाक्य र दराज क्यामुका प्रबन्ध निर्देशक, लिनो अल्हेरिङले हस्ताक्षर गरेका हुुन् । उक्त समारोहमा नबिल बैंकका डेपुटी सीईओले भने, ‘यो कार्यक्रम नेपालमा डिजिटल बजारको विकासको लागि निकै महत्वपूर्ण रहनेछ । हाम्रो मुख्य प्राथमिकता नेपालका एसएमईहरूलाई विभिन्न लगानी कार्यक्रममार्फत आफ्नो व्यवसाय विस्तारमा सहयोग पु-याउनु रहेको छ । सारथी कार्यक्रमको लागि हामीले दाराजसँग सहकार्य गरेका छौँ । हाम्रो विश्वास छ कि, यो वित्तीय कार्यक्रमले उनीहरूलाई कोभिड १९ को कारणले आइपरेका कठिनाइहरू पार गर्न मदत पु¥याउँछ र उनीहरूको व्यवसायलाई दीर्घकालीन स्थिरता र वृद्धिका लागि पुनर्जीवित गर्नेछ ।’
त्यस्तै, दराज क्यामु प्रालिका प्रबन्ध निर्देशकले भने, ‘सारथी कार्यक्रमलाई नबिल बैंकसँगको सहकार्यमा प्रस्तुत गर्न हामी धेरै उत्साहित छौँ । हामीले लामो समयदेखि काम गरिसकेका छौँ, अर्थतन्त्रमा कोभिड १९ को प्रभावलाई ध्यानमा राखी यो कार्यक्रम अझ महत्वपूर्ण साबित भएको छ । योे नेपालमै पहिलो क्रेडिट स्कोरिङमा आधारित नौलो समाधान हो र हामी यो रणनीतिक साझेदारीको सुरुवातमा छौँ । नेपाली आर्थिक क्षेत्रलाई अझ मजबुत बनाउन हामी यस सारथी कार्यक्रममा नबिल बैंकसँग धेरै नजिकबाट काम गर्ने आशा गरिरहेका छौँ ।’ आफ्नो अनलाइन उपस्थिति गर्न इच्छुक व्यवसायीहरूले, सारथी कार्यक्रमको लागि तलको लिंक प्रयोग गर्न सक्दछन्, जुन नबिल बैंक र दराजको संयुक्तरूपमा सहजीकरण गरिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया