Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनिरंकुशहरूको निरन्तर लडाइँ

निरंकुशहरूको निरन्तर लडाइँ


विजय त्यागी
लामो समयको राजनीतिक विवाद पछि नेकपाको एकल सरकार बनेपछि आर्थिक समृद्धिको आशा आम नेपालीले राखेका थिए । तर, त्यो आशा लामो समयसम्म रहन सकेन । नेकपामा दुई निरंकुश नेताहरुको निरन्तरको लडाईँले कम्युनिस्ट सरकारकै बदनाम हुनपुगेको छ भने व्यवस्थामाथि नै खतरा आइपरेको छ । आर्थिक मुद्दाहरु पछाडि धकेलिएका छन् ।

नेकपा पार्टी गठन भएपछि दुई अध्यक्ष छन्, केपी शर्मा ओली र प्रचण्ड । प्रचण्डले कहिल्यै पनि अरुको नेतृत्व स्वीकार गरेको इतिहास छैन । उनी जहिले पनि आफ्नै नेतृत्व मात्र रुचाउने स्वाभावका निरंकुशताका पक्षधर हुन् । उनी आफू कमजोर भएर अरुलाई नेता मान्ने सहनसील नेताको रुपमा देखा पर्न नसक्ने अवस्थामा छन् । २०५२ सालमा जनयुद्ध सुरु भएदेखि मात्र होइन त्यो भन्दा अगाडि पनि उनी अरुलाई नेतृत्व दिएर आफू पछिपछि हिंड्ने थिएनन् । जुनसुकै तिकडम अपनाएर भए पनि आफ्नो वरीपरी नै कार्यकर्ता घुमाउँने बानी उनको पुरानो हो । जनयुद्धकालमा उनले पार्टीको एकल नेतृत्व गरे । जनयुद्धपछि शान्ति प्रक्रिया आएपछि पनि उनले माओवादीको महाधिवेशनको नाटक गरे । कसैलाई पनि नेतृत्व दिन तयार भएनन् । उनको निरंकुश शैलीको माओवादीभित्रै विरोध भयो । तर, उनले नेतृत्वमा आउन कसैmलाई दिएनन् । उनी आफू मात्र नेता बन्न चाहे ।

आफूले नेतृत्व गरे पार्टी रहने नत्र नहरहने मानसिकताबाट उनी सधै जुग्रिरहे । उनले तत्काली माओवादीलाई शक्तिशाली र होइन खियाउँदै सानो एउटा गुटको रुपमा पु-याए । उनले आफू नेतृत्वमा टिकिरहनका लागि नेपाली कांग्रेससँग चुनावी तालमेल गरे । तर, स्थानीय चुनावमा उनले सोचेको भन्दा ठीकविपरीत परिणाम आएपछि उनी आत्तिए । एमालेसँग चुनावी तालमेल गर्ने योजना बनाए र आमनिर्वाचनमा एमालेसँग तालमेल गरे । स्थानीय तहको परिणामको आधारमा सिट संख्या बाँडफाँड भयो । त्यसपछि प्रचण्ड केही खुम्चिए ।

आम निर्वाचनमा परिणाम आएपछि प्रचण्ड एमालेसँग पार्टी एकता गर्ने दबाब परे । यदि आफूले पाएका सबै सिटमा जित्न सकेको भए उनी पार्टी एकता गर्ने पक्षमा थिएनन् । उनले आफू पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्ने बाटो खुला गर्ने अभियानमा लगे । त्यहीअनुसार लिखित सहमति पनि गराए । तर, त्यो लिखितलाई केपी ओलीले धोती लगाइदिए । अनि प्रचण्ड त्रसित बने, म भन्दा निरंकुश त ओली छ भन्ने सोचे । ओली पनि के कम प्रचण्डलाई पेलेको पेलै गरेर लैजान्छु भनेर प्रचण्डभन्दा निरंकुश बन्ने योजना बनाए । प्रचण्डले पार्टी अध्यक्ष र प्रधानमन्त्री मध्ये एक नपाएसम्म ओलीलाई अगाडि बढ्न नदिने योजना बनाए । ओलीले प्रचण्डलाई कार्यकारी अधिकारसहितका अध्यक्ष दिए तर काम गर्न दिएनन् । पार्टीमा प्रचण्ड कार्यकारी अधिकारसहितको अध्यक्ष छन् तर ओलीले काम गर्न दिएका छैनन् । सरकारमा ओली सुविधाजनक बहुमतमा छन् तर पाइलापाइलमा अवरोध छ ।

ओलीले विगतमा पार्टीभित्र अरुको नेतृत्व स्वीकार गरेको देखिन्छ तर जोरजर्बरजस्त रुपमा पनि स्वीकार गरेका इतिहास छ । आफ्नै पार्टीका महासचिवलाई बेलाबेलामा घेराबन्दी गरेर आफूले नै शक्ति हत्याउन ओलीले धेरै तिकडम गरे पनि अन्ततः नेतृत्व भने स्वीकार गरेका छन् । तर, अहिले नेकपामा भने प्रचण्डले शक्तिबिना बस्नै नसक्ने लक्ष्यण देखाएपछि ओली पनि खतरनाक निरंकुश शासक बनेर निस्किएका छन् । प्रचण्डलाई शक्तिमा आउनै नदिने ।

अहिले नेकपामा एकजना जसरी पनि शक्ति खोस्ने र अर्को जसरी पनि शक्ति आफूमा निहित राख्ने अवस्थामा छन् । त्यही भएर मिलेको भनेको विवाद तत्काल बल्झिने गरेको छ । यसले नेकपाको सरकारका काममै अवरोध आएको छ । नेकपामा प्रचण्ड पुराना निरंकुश र ओली नयाँ निरंकुश हुन् । यी दुवै निरंकुशको कारण जनतामा कम्युनिस्टप्रति नै वितृष्ण जगाएको छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया