क्वान्टासका प्रमुख भन्छन् – खोप लगाएको प्रमाणविना यात्रुले विमान चढ्न पाउनेछैनन्
सिड्नी ।
अन्तर्राष्ट्रिय हवाइ यात्रुले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणविना भविष्यमा हवाइ यात्रा गर्न नपाउने एक एयरलाइन्स कम्पनीका प्रमुखले बताएका छन् । अस्ट्रेलियाको राष्ट्रिय ध्वजावाहक क्वान्टास एयरलाइन्सका प्रमुख एलन जोयसले खोप उपलब्ध भइसकेको अवस्थामा एयरलाइन्सका यात्रुले खोप लगाएको प्रमाण बुझाएपछि मात्रै यात्रा गर्न पाउने बताएका हुन् ।
‘मलाई के लाग्छ भने विश्वका अरु हवाइ सेवाप्रदायकको हकमा पनि यो सामान्य कुरा हुनेछ’, उनले भने । महामारी सुरु हुनुअघि नै अस्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा बन्द गरेको थियो । त्यस्तै स्वदेश फर्किनेलाई पनि क्वारेन्टाइन बस्नुपर्ने नियम लगाएको थियो । यसअघि नै अस्ट्रेलियाले लकडाउनलाई बढी ध्यान दिएको छ । साथै उसले ठूलो संख्यामा परीक्षण र कन्ट्याक्ट ट्रेसिङलाई आक्रामक रुपमा जोड दिएको छ । सोही कारण उसले संक्रमणदर शून्यमा झार्न सफल भएको एजेन्सीहरुले जनााएका छन् ।
अस्ट्रेलियाको एक टेलिभिजन कार्यक्रममा बोल्दै उनले क्वान्टासले कम्पनीको अन्तर्राष्ट्रिय यात्रुसम्बन्धी प्रावधान परिवर्तन गर्न लागेको उल्लेख गरेका हुन् । ‘हामी मानिसहरुलाई विमान चढ्नुअघि नै खोप लगाए/नलगाएको बारे सोध्नेछौँ’, उनले भने । गत अगस्टमा अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले सफल खोप आए यसलाई अनिवार्य बनाउन सकिने बताएका थिए । सोही महिनामा क्वान्टासले वार्षिक २ अर्ब अस्ट्रेलियन डलर नोक्सानीको रिपोर्ट सार्वजनिक गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया