काठमाडौं ।
कोभिड–१९ को कारण नेपालमा बुधबार थप २८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बुधबारबाट कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार तीन सय ८९ पुगेको छ । नेपालमा कोरोनाको निको हुने दर ९२ प्रतिशत पुगेको छ । बुधबार नौ हजार दुई सय १० जनाको परीक्षण गर्दा एक हजार नौ सय ४८ जनामा कोरोना पुष्टि भएको छ । त्यसमा एक हजार एक सय ७४ जना पुरुष र सात सय ७४ जना महिला छन् । बुधबार एकै दिन तीन हजार एक सय ४० जना कोरोनाबाट निको भएका छन् ।
नेपालमा १६ लाख ९० हजार पाँच सय नौ जनाको कोरोना परीक्षण भइसकेको छ । पछिल्लो समयमा सरकारले निःशुल्क कोरोना परीक्षण गरेको छ । काठमाडौं महानगरभित्र घुम्ती टोलीले पनि परीक्षण सुरु गरेको छ । बुधबार प्रदेश १ मा तीन सय ८९ जना, प्रदेश २ मा एक सय छ जना, वाग्मती प्रदेशमा एक हजार १३ जना, गण्डकी प्रदेशमा एक सय ८० जना, लुम्बिनी प्रदेशमा दुई सय १४ जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा ४४ जना कोरोनाबाट संक्रमित भएका छन् ।
कुल संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र आठ सय ३५ जना संक्रमित भएका छन् । त्यसमा पुरुष चार सय ८५ जना र महिला तीन सय ५० जना संक्रमण भएका छन् । बुधबारसम्म काठमाडौंमा सात हजार छ सय ६० जना, भक्तपुरमा पाँच सय ८० जना र ललितपुरमा एक हजार चार सय ९९ जना सक्रिय संक्रमित छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कार्यसम्पादन कमजोर भएका संस्थानको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय
- सौर्य विद्युत् परियोजनामा ग्लोबल आइएमई बैंकले कर्जा लगानी गर्ने
- २६ सय ३९ बिन्दुमा खुम्चियो शेयर बजार
- सात करोड लगानीमा सामाखुसी यातायातद्वारा १५ बस सञ्चालन
- खानेपानी मन्त्रालयको सय दिने कार्यप्रगति
- भारतको अटोमोबाइल निर्यात १४ प्रतिशत बढ्यो
- भारतीय एयरलाइन्सहरुलाई बमको धम्कीले हैरान
- हिजबुल्लाहद्वारा आइतबार इजरायलमाथि एक सय क्षेप्यास्त्र प्रहार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया