Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपरिमार्जनसहितको १० र पाँच रुपैयाँ दरको नोट चलनचल्तीमा

परिमार्जनसहितको १० र पाँच रुपैयाँ दरको नोट चलनचल्तीमा


काठमाडौं ।
परिमार्जनसहितको १० र पाँच रुपैयाँ दरको नोट चलनचल्तीमा आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुुधबारबाट गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षरसहितको नोट बजारमा आएको हो । साबिककै आकार,प्रकार र रंगमा केही परिमार्जन गरी नोट प्रचलनमा ल्याइएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जानकारी दिएको छ ।

साबिकै आकार तथा रंगमा १० रुपैयाँ दरको नोटमा संकेत नम्बर ढ/८२०००००१ देखि द/४५ ९९९९९९ सम्म नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १० (रुपैयाँ दश) तुरुन्त पाइनेछ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश छ । यो नोटको विशेषतामा नोटको अग्रभागमा सगरमाथाको चित्र, नोटको दायाँतर्फ लालीगुराँसको पानीछाप, नोटमा गभर्नरको दस्तखत रहने स्थानमा महाप्रसाद अधिकारीको दस्तखत र नोटको तल्लो भागको बोर्डरमा सेरिज नम्बर वि.सं. २०७६ लेखिएको छ । यसैगरी नोटको पृष्ठभागअन्तर्गत नोटको मध्यभागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ । नोटको मध्यभागमा कृष्णसारको चित्र, नोटको तल्लो भागको बोर्र्डरमा अंग्रेजीमा रुपिज टेन र नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्ब अंग्रेजीमा २०२० ए.डी लेखिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसैगरी साबिककै आकार तथा रंगमा पाँच रुपैयाँ दरको नोटमा संकेत नम्बर थ/३४०००००१ देखि न/५४ ९९९९९९ सम्म नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ ‘भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५ (रुपैयाँ पाँच) तुरुन्त पाइनेछ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश छ । उक्त नोटको अग्रभागमा सगरमाथाको चित्र, नोटको दायाँतर्फ लालीगुराँसको पानीछाप, नोटमा गभर्नरको दस्तखत रहने स्थानमा महाप्रसाद अधिकारीको दस्तखत र नोटको तल्लो भागको बोर्डरमा सेरिज नम्बर वि.सं. २०७६ लेखिएको छ ।

नोटको पृष्ठभागअन्तर्गत नोटको मध्यभागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको, नोटको मध्यभागमा वन्य याक तथा हुम्ला जिल्लाको लिमी क्षेत्रको हिमालको चित्र, नोटको तल्लो भागको बोर्र्डरमा अंग्रेजीमा रुपिज फाइभ र नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर अंग्रेजीमा २०२० ए.डी लेखिएको छ । यी दुुवै नोटहरु बुधबारबाट चलनचल्तीमा पठाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया