उद्योग वाणिज्य महासंघको अहिलेको कार्यसमिति विघटनको माग
काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघ २ नम्बर प्रदेशका अध्यक्ष शिवशंकर साहले नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान केन्द्रीय कार्यसमिति नै अवैधानिक भएको भन्दै तत्काल विघटन गरी तदर्थ समिति गठनको माग गरेका छन् । अध्यक्ष साहले मंगलबार महासंघको अवैधानिक बाटोतर्फ अघि बढेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।
उनले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष साहले नेपाल उद्योग वाणिज्य महासंघ राष्ट्रिय निर्देशक ऐनअन्तर्गत दर्ता भएको संस्था भएकोले ऐनअनुसार यसअघिको कार्यसमितिको कार्यकाल चैतमा नै सकिएको बताए । उनले भने, ‘चैतमै महाधिवेशन हुनुपर्दथ्यो। सोअनुसार गत चैत २८ गते नै नयाँ कार्यसमिति आउनुपर्ने हो तर आएन । त्यो बेलादेखि अहिलेसम्म महासंघ अवैधानिक तवरले हिँडिरहेको छ ।
अहिलेको सम्पूर्ण क्रियाकलाप अवैधानिक छन् ।’ महासंघको विधानले नै प्रष्ट रुपमा महासंघको निर्वाचनभन्दा पहिले प्रदेश उद्योग वाणिज्य महासंघहरूको निर्वाचन हुुनुपर्ने लेखेको उल्लेख गर्दै उनले भने, ‘विधानअनुसार काम अहिलेसम्म भएको छैन । विश्वव्यापी मान्यता छ कि मतदाताहरूको आर्थिक वर्षको नवीकरण हुनुपर्छ ।
अहिलेको निर्वाचन २०७७ असार मसान्तभित्र नवीकरण हुनुपर्ने हो । तर, उनीहरूले २०७६ को असान्त मसान्तभित्रको नवीकरणले यो निर्वाचनमा भाग लिएका छन् । यो गलत हो ।’ कतिपय संस्थाहरूको दर्ता समाप्त भइसकेका र कतिपय एक अर्कामा गाभिएको अवस्था सुनाउँदै उनले अहिलेको निर्वाचनमा पुरानै संस्थाबाट पनि मतदाता बनाइएको गुनासो पोखे । उनले भने, ‘मर्जरमा गएकाहरूको पनि बेग्लाबेग्लै अवस्थामा मतदाता भएका छन्। एक जनाले सय जनाको मतदान गर्ने अधिकार (प्रोक्सी) लिएर बसेका छन् । जुन कुरा विधानमा समावेश नै गरिएको छैन । यो गलत कुरा हो ।’
उनले नेपाल सरकारले महासंघको वर्तमान कार्यसमिति विघटन गरेर तदर्थ समिति गठन गरी विधिसम्मत रुपमा ल्याई निर्वाचन गराउनुपर्ने बताए । उनले भने, ‘मैले सर्वोच्च अदालतमा (मंगलबार) रिट हालेको छु । भोलि बिहान १० बजे (बिहीबार) पेशी तोकिएको छ । मलाई अदालतमाथि विश्वास छ । मैले न्याय पाउनेछु ।’ उनले आफू सामान्य परिवारको सामान्य व्यवसाय गर्ने मान्छे भएको सुनाउँदै महासंघ भने ठूला–ठूला घरानाको संस्था बनाइएको दुःखेसो पोखे । ‘यहाँ करोडौं र अर्बौंको चलखेल हुन्छ । हामी सामान्य व्यवसायी कहिले अध्यक्ष बन्ने ? यो गलत परम्परा हटाउनुपर्छ । यो महासंघ सबैको साझा संस्थाको रुपमा देखिएन । ठूला घरानाको संस्थाको रुपमा मात्रै देखाप¥यो । मेरो लडाइँ कुनै व्यक्ति र पदको लागि छैन । महासंघ विधिसम्मत हिँड्न्पर्छ भन्ने नै हो’, उनले भने ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया