सिभिल बैंकको १०औँ वार्षिकोत्सव कार्यक्रम
काठमाडौं ।
सिभिल बैंकले १०औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको अनुमतिप्राप्त गरी २०६७ मंसिर १० गतेदेखि कारोबार सञ्चालन गर्दै आइरहेको बैंक बुुधबारबाट १० वर्ष पूरा गरी ११ वर्षमा प्रवेश गरेको छ । सबैले आफ्नो जिम्मेवारी निर्वाह गरेमा उत्कृष्ट समाजको निर्माण गर्न सकिने विश्वासका साथ वार्षिकोत्सवको अवसरमा बैंकले आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्वको लागि एक नयाँ नारा ‘म एक जिम्मेवार सिभिलियन’ सहित हाल विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस संक्रमणको महामारीलाई ध्यानमा राख्दै निःशुल्क खाना वितरण गर्नेदेखि प्लाज्मा दान गर्नेसम्मको कार्यक्रम गरी वार्षिकोउत्सव मनाएको छ ।
बैंकले वार्षिक उत्सवका अवसरमा कोरोना संक्रमणको उपचारार्थ आवश्यक पर्ने प्लाज्मा दान गर्न बैंकका कोरोना संक्रमण भई निको भएका कर्मचारीहरूबाट प्रतिबद्धता व्यक्त गरेको छ । बैंकले ‘हाम्रो टिम नेपाल’ संग सहकार्य गरीे कोरोना महामारीको कारण रोजगारी गुमाएकाहरूका लागि टुँडिखेलमा निःशुल्क १० छाक भोजन प्रबन्धको प्रायोजना गरेको छ भने मातातिर्थमा रहेको मातातिर्थ वृद्धाश्रममा आश्रित वृद्धवृद्धाहरूका लागि तीन महिनालाई पुग्ने चामलसो वृद्धाश्रमका अध्यक्ष हरि खड्कालाई हस्तान्तरण गरेको छ ।
१०औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकले विगत १० वर्षमा हासिल गरेको उपलब्धिहरू प्रस्तुत गरेका थिए भने बैंक सञ्चालक समितिका अध्यक्ष ई. ईच्छाराज तामाङले सो उपलब्धिहरू हासिल गर्न सहयोग गर्ने सम्पूर्ण ग्राहकहरू, नियमनकारी निकाय, पत्रकार/मिडियाकर्मी मित्रहरू, सेयरधनी तथा प्रवद्र्धक मित्रहरू तथा अन्य सम्पूर्ण शुभचिन्तकहरूप्रति हार्दिक धन्यवादसहित कृतज्ञता ज्ञापन गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया