कोरोनाले विश्वमा १४ लाख बढीको मृत्यु
काठमाडौं ।
चीनको हुृबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरमा सुरु भएको कोरोना भाइरस संक्रमणको कारण हालसम्म १४ लाख भन्दा बढीको मृत्यु भएको एएपपी समाचार समितिले बुधबार जानकारी दिएको छ । गत वर्षको डिसेम्बरमा सुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ६ करोड संक्रमित भइसकेका छन् ।
कोरोना भाइरस सक्रमणको कारण विश्वमा सब भन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिका हालसम्म २ लाख ६५ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।
अमेरिकामा १ करोड २९ लाख ५८ हजार भन्दा बढी व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको हिसाबबाट अमेरिकापछि भारत दोस्रो स्थानमा रहेको छ । भारतमा ९२ लाख भन्दा बढी कोरोना भाइरस संक्रिमित भएका छन् । एक लाख ३४ हजार ७७९ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ ।
ब्राजिलमा ६१ लाख २१ हजार ४४९ जना कोरोना भाइरस संक्रमित रहेका छन् । एक लाख ७० हजार १ सय ७९ व्यक्ति कोरोना भाइरस संक्रमणको
कारण मृत्यु भएको छ । मेक्सिकोमा यस भाइरसका कारण १ लाख ६० हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने १० लाख २७ हजार भन्दा बढी संक्रमित भएका छन् । संयुक्त अधिराज्यमा ५५ हजार ८ सय ३८ जनाको मृत्यु भएको छ भने १५ लाख ३८ हजार ७ सय ९४ जनाको कोरोना भाइरस संक्रमित भएका छन् ।
चीनमा कोरोना भाइरसबाट ८६ हजार व्यक्ति संक्रमित भए भने ४ हजार ६ सय ३४ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो । (रासस/एएफपी)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया