Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१६ सय १४ जना नयाँ सङ्क्रमित

१६ सय १४ जना नयाँ सङ्क्रमित


काठमाडौं ।
काठमाडौं । देशभर विहीबार एक हजार छ सय १४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार चार सय ९१ जनाको स्वास्थ्य परीक्षण गर्दा छ सय ४० महिला र नौ सय ७४ पुरुष गरी उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । परीक्षणअनुसार सङ्क्रमितको दर १३ दशमलव ४ रहेको बताइएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख २७ हजार छ सय ४० पुगेको छ । पछिल्लो समय एक हजार चार सय २७ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख नौ हजार चार सय ३५ पुगेको छ । निको हुने दर ९२ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । देशभर १६ हजार सात सय ९३ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये १० हजार पाँच सय ७५ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये तीन सय ३३ जनाको सघन उपचार कक्ष र ५६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

देशभर छ सय ८० जना क्वारेन्टिनमा छन् । हालसम्म १७ लाखको पीसीआर परीक्षण भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार चार सय १२ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप २३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । बिहीबार काठमाडौँ उपत्यकामा सात सय ८५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जसमा छ सय ३७ महिला र चार सय ४८ पुरुष छन् । त्यसमध्ये काठमाडौँमा सात हजार छ सय ४४, ललितपुरमा एक हजार चार सय ९४ र भक्तपुरमा पाँच सय ८९ जना सक्रिय सङ्क्रमित छन् । हाल मनाङ, डोल्पा र मुगुमा शून्य सङक्रमित छन्  ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया