Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारपिपुल्स पावरको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

पिपुल्स पावरको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल


काठमाडौं ।
पिपुल्स पावर लिमिटेडको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभुु क्यापिटल लिमिटेड नियुुक्त भएको छ । कम्पनीले सर्वसाधारणलाई जारी गर्न लागेको सेयरको सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सो नियुक्तिसम्बन्धी सम्झौता बिहीबार सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।

सम्झौतामा पिपुल्स पावरका तर्फबाट सञ्चालक सन्तोषराज नेपाल तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् । पिपुल्स पावरले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४ दशमलव ९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जानकारी दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया