Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसाहस ऊर्जा र नागरिक लगानी कोषबीच सम्झौता

साहस ऊर्जा र नागरिक लगानी कोषबीच सम्झौता


काठमाडौं ।
साहस ऊर्जा लिमिटेड र नागरिक लगानी कोषबीच सम्झौता भएको छ । कम्पनीको जारी पुँजी तीन अर्ब ५० करोड रुपैयाँको ३० प्रतिशतका दरले हुने एक अर्ब पाँच करोड रुपैयाँबराबरको सर्वसाधारण सेयर आयोजना प्रभावित क्षेत्रका नागरिकलाई, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई छुट्ट्याएको गरी जम्मा एक करोड पाँच लाख कित्ता सेयरको प्रत्याभूति व्यवस्थापनको कार्य गर्न नागरिक लगानी कोषलाई बिक्री प्रबन्धकको रूपमा नियुुक्त गरिएको कम्पनीले जानकारी दिएको छ । सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र साहस ऊर्जाका तर्फबाट अध्यक्ष हिमप्रसाद पाठकले बिहीबार हस्ताक्षर गरेका हुुन् । कम्पनीले एक सय रुपैयाँ अंकित एक अर्ब पाँच करोड रुपैयाँबराबरको एक करोड पाँच लाख कित्ता साधारण सेयर जारी गर्नेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया