Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारप्रभुु बैंकमा अनलाइनमार्फत केवाईसी अद्यावधिक गर्न सकिने

प्रभुु बैंकमा अनलाइनमार्फत केवाईसी अद्यावधिक गर्न सकिने


काठमाडौं ।
प्रभुु बैंकमा अनलाइनमार्फत केवाईसी अद्यावधिक गर्न सकिने भएको छ । बैंकले ई–केवाईसी सञ्चालनमा ल्याएपछि ग्राहकहरूले यस्तो सुविधा पाउने भएका हुुन् । बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै ई–केवाईसी सेवा सञ्चालनमा ल्याएको हो । प्रभु बैंकमा खाता खोली कारोबार गरेका सम्पूर्ण ग्राहकहरूले बैंकको वेबसाइटमा लगइन गरी अनलाइनमार्फत केवाईसी अद्यावधिक गर्ने व्यवस्था मिलाइएको छ जसबाट सो प्रयोजनका लागि अब बैंकसम्म पुगिरहनुपर्ने बाध्यता पूर्णरूपमा हटेको छ । बैंकले सञ्चालनमा ल्याएको उक्त सेवा सुरक्षित एवं प्रभावकारी रहेको तथा केवाईसीसम्बन्धी सम्पूर्ण विवरणहरू समयमै अद्यावधिक गरी खाता नियमित सञ्चालन गर्न सहज हुनेछ र यसबाट ग्राहकहरूले आफ्ना समय बचत तथा सदुपयोग गरी अत्याधिक लाभ उठाउनु हुनेछ भन्ने बैंकले पूर्ण विश्वास लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया