खुकुरी रम लण्डन स्पिरिट प्रतियोगिता २०२० को स्वर्ण पदकबाट विभूषित
काठमाडौं ।
नेपाली मदिरा ‘खुकुरी रम’ लण्डन स्पिरिट प्रतियोगिता २०२० को स्वर्ण पदकबाट विभूषित भएको छ । उक्त पदकबाट विभूषित भएसँगै नेपाल डिस्टिलरिजका कार्यकारी निर्देशक के के चुरिवालाले खुकुरी रमले आफ्नो उपलब्धिको अध्यायमा एक अर्को कोशेढुंगा थपेको बताए । ‘नेपालको आफ्नै मौलिक मदिरा खुकुरी रम लण्डन स्पिरिट प्रतियोगिता २०२० को स्वर्ण पदकबाट विभूषित हुन सफल हुनु हाम्रो कडा मिहिनेत एवं प्रयासको प्रतिफल हो’, उनले भने । वेभरेज ट्रेड नेटवर्कले यो अन्तर्राष्ट्रिय मान्यता दिएको कम्पनीले जनाएको छ ।
हालको महामारीले उत्पन्न गरेको मन्दी चरणको दौरानमा यो सफलताले छुट्टै गौरव प्रदान गरेको कम्पनीको भनाइ छ । कम्पनीले यसलाई देशकै सफलताको रुपमा लिएको बताउँदै उनले कम्पनीसँग आबद्ध हरेक वितरकहरू र डिलरहरू र उपभोक्ताहरूका साथसाथै सम्पूर्ण नेपालीहरू सबैको लागि जित भएको दाबी गरेको छ । नेपाल डिष्टिलरिजका महाप्रबन्धक सुभाष लामिछानेले खुकुरीले आफ्नो उत्पादनको समयदेखि नै विश्वबजारमा आफ्नो उपस्थितिको झण्डा गाड्न भरमग्दूर प्रयास गर्दै आइरहेको बताए ।
उनका अनुसार खुकुरी रम हाल विश्वका १३ देशहरूमा उपलब्ध छ र यो संख्या अझ बढाउने लक्ष्यका साथ काम भइरहेको छ । ‘हामी चाँडै नै अवसरहरूको भूमि भनेर चिनिने संयुक्त राज्य अमेरिकामा पुनः प्रवेश गर्दै छौँ भन्ने जानकारी गराउन पाउँदा हामीलाई अत्यन्त गर्व लागेको छ’, लामिछानेले भने, ‘हामीले भनेजस्तै खुकुरी रम बोकेको जहाज यसको मार्गमा अघि बढिरहेको छ । यी दुवै कोशेढुंगाले विद्यमान विश्वव्यापी महामारीको बीचमा पनि कम्पनीको लागि ठूलो फड्को साबित भएको छ।’
खुकुरी रम नेपालको अत्यन्त रुचाइएको प्रशाीसत ब्राण्डहरूमध्येको एक हो। यसको गुणस्तर उही उस्तै सर्वश्रेष्ठ रहँदै आएको कम्पनीको भनाइ छ । नेपाल डिष्टिलरिज संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी हो । खुकुरी रम ब्राण्डले सन् १९५९ देखि नै बजारमा आफ्नो आधिपत्य कायम गर्दै आएको छ । साथै कम्पनीले ‘गर्वका साथ नेपाली’ शीर्षकमा विभिन्न सफलताका कथाहरू पस्किँदै जाने बताएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया