श्रीलंकाद्वारा कोरोनाविरुद्धको चिनियाँ खोपबारे छलफल
कोलम्बो ।
श्रीलंकाले कोरोनाभाइरसविरुद्धको खोप उत्पादन गरेको चिनियाँ कम्पनी कोभ्याक्ससँग छलफल गरेको छ । श्रीलंकाली स्वास्थ्यमन्त्री पाभिथ्रा वान्नीअराचीले बिहीबार संसदलाई यस बारेमा जानकारी दिनुभएको समाचार स्थानीय सञ्चार माध्यमहरुले सम्प्रेषण गरेका छन् । विश्वभरी त्यसको उपयोगिता र पर्याप्तताका बारेमा कुराकानी भएको र श्रीलंकालाई पनि उपलब्ध गराउने बारेमा उनले जानकारी दिएका हुन् । उनका अनुसार श्रीलंका यसअघि नै विश्वव्यापी खोप तथा संक्रमण प्रतिरोधी सञ्जाल ‘ग्लोबल एलाईन्स फर भ्याक्सीन एण्ड इम्युनिसेसन’मा आबद्ध भइसकेको छ ।
साथै खोप ल्याउनका लागि सरकारले प्रयास गरिरहेको पनि उनले जानकारी दिए । सुरुमा श्रीलंकाको २० प्रतिशत जनसंख्यालाई मात्रै पुग्नेगरी ल्याउने तयारी भइरहेको उनको भनाइ छ । खोपले विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता पाउदा साथ जतिसक्दो छिटोे आफ्नो देशमा ल्याइने मन्त्री पाभिथ्राले जानकारी दिए । खोप ल्याउनका लागि सरकारले विभिन्न समिति तथा उपसमितिहरू बनाएर जिम्मेवारी दिएको उनले बताए । श्रीलंकामा अहिलेसम्म २१ हजार ४६९ जनालाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको छ भने ९६ जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया