Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारलन्डनलाई पछि पार्दै चीनको संघाई विश्वकै सञ्जाल जोडिएको सहर बन्यो

लन्डनलाई पछि पार्दै चीनको संघाई विश्वकै सञ्जाल जोडिएको सहर बन्यो


बेइजिड. ।
चीनको संघाई सहरले बेलायती सहरलाई विश्वकै सञ्जाल जोडिएको सहरबाट पछि पारी पहिलो नम्बरमा छानिएको छ । कोरोना भाइरस संक्रमणले अन्तर्राष्ट्रिय यात्रामा प्रभाव पार्दा संघाई पहिलो नम्बरमा परेको हवाइ उद्योगसम्बन्धी विश्व संस्था द इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए)ले जनाएको छ ।

बीबीसीका अनुसार हवाइ यात्रामा लन्डनले ६७ प्रतिशत गुमाएको पनि उसले बतााएको छ । चारवटा विश्वकै धेरै सञ्जाल जोडिएका सहरमा चीनले नै बाजी मारेको छ । आईएटीएका अनुसार महामारीले सय वर्षयताको सहरहरुबीचको सञ्जाल जोड्ने प्रगतिलाई उल्ट्याएको छ । आईएटीएका प्रवक्ताा सेबास्टियन मिकोस्जले भने, ‘विगतका महिनाहरुमा विश्व सञ्जाल नाटकीय रुपमा परिवर्तन भएको छ ।’ विश्वका ठूला यात्रा गन्तव्यहरु लन्डन, न्युयोर्क र टोक्योमा उडान संख्या ह्वात्तै घटेको छ भने नयाँ गन्तव्यमा बाक्लिएको छ । यसका बाबजुद महामारीले सबैतिर असर गरेको उनको भनाइ छ ।

चीनमा भने हवाइ यात्रामा महामारीले पारेको क्षति विस्तारै पूर्ति हुँदै गइरहेको छ । चिनियाँ पर्यटन मन्त्रालयका अनुसार विदाको हप्तामा चीनमा ४२ करोड ५० लाख मानिसले हवाइ यात्रा गरेका छन् । चीनले केही यात्रा करिडोर खुलला समेत गरेको छ भने कतिपय अवस्थामा जापान र सिंगापुरसँग क्वारेन्टाइन बस्नु नपर्ने सम्झौतामा हस्ताक्षर समेत गरेको छ । विश्व सञ्जाल जोडिएको चार सहरमा अहिले संघाई, बेइजिङ, ग्वान्झाउ र छेन्दु छन् । यी चारवटै चिनियाँ सहर हुन् ।

गत हप्तामात्रै चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्व हवाइ यात्रामा क्युआर कोड राख्ने प्रस्ताव गरेका थिए । यस्तो सञ्जाल थाइल्यान्डको राजधाानी बैंकक र हङकङ दुवै सहरमा ८१ प्रतिशतले घटेको बताइएको छ । आईएटीएको एयर कनेक्टिभिटी सूचकांकले एउटा देशको सहर कसरी अर्को देशको सहरसँग अन्तर्सम्बन्धित भएको हुन्छ भन्ने मापन गर्छ । जुन व्यापार, पर्यटन, लगानी र उनीहरुको अर्थतन्त्रको लागि एकदमै महत्वपूर्ण हो । त्यस्तै उसले ४ करोड ६० लाख यस क्षेत्रको रोजगारी संकटमा परेको पनि जनाएको छ । 


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया