बजार परिसूचक १८ सय ९३ बिन्दुमा
काठमाडौं ।
यस साता सेयर बजार परिसूचक १८ सय ९३ दशमलव २४ अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ६५ दशमलव १८ अंकमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा दुई सय एकवटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार दुई लाख ८७ हजार एक सय ३० पटकको कारोबारमा सात करोड ५८ लाख ३८ हजार आठ सय ६४ कित्ता सेयर खरिदबिक्री हुुँदा कारोबार रकम ३१ अर्ब ५४ करोड ३१ लाख ८८ हजार दुई सय रुपैयाँ पुुगेको छ ।
कारोबार रकम गत साताको तुलनामा निकै नै बढी हो । गत साता भने धितोपत्र बजारमा एक सय ९९ वटा कम्पनीहरूको कारोबार भएका थिए । जसअनुसार एक लाख १४ पटकको कारोबारमा दुई करोड ५७ लाख ३७ हजार तीन सय ८२ कित्ता सेयर खरिदबिक्री हुुँदा कारोबार रकम १० अर्ब ९० करोड ७७ लाख ७१ हजार सात सय २० रुपैयाँ पुगेको थियो ।
यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्यदिन दिन नै खुला रहेको थियो । जसमध्ये पहिलो, तेस्रो र चौथो र पाँचौँ दिन बजार परिसूचक उकालो लागेको थियो भने दोस्रो दिन ओरालो लागेको थियो । पहिलो दिन बजार परिसूचक चार दशमलव ६९ अंकले उकालो लागेर १७ सय ८२ दशमलव ८१ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स दुई अंकले उकालो लागेर तीन सय ४५ दशमलव सात अंकमा चढेको थियो । दोस्रो दिन बजार परिसूचक दुई दशमलव ३८ अंकले ओरालो लागेर १७ सय ८० दशमलव ४३ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव १२ अंकले ओरालो लागेर तीन सय ४४ दशमलव ९५ अंकमा झरेको थियो ।
तेस्रो दिन भने बजार परिसूचक २९ दशमलव ६८ अंकले उकालो लागेर १८ सय १० दशमलव ११ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४२ अंकले उकालो लागेर तीन सय ४९ दशमलव ३७ अंकमा चढेको थियो । चौथो दिन भने बजार परिसूचक ६४ दशमलव ५६ अंकले उकालो लागेर १८ सय ७४ दशमलव ६७ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि १२ दशमलव ९६ अंकले उकालो लागेर तीन सय ६२ दशमलव ३३ अंकमा चढेको थियो । अन्तिम कारोबार दिन पनि बजार परिसूचक १८ दशमलव ४३ अंकले उकालो लागेर १८ सय ९३ दशमलव २४ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुुई दशमलव ८५ अंकले उकालो लागेर तीन सय ६५ दशमलव १८ अंकमा चढेको थियो ।
यस साता नेपाल पुनर्बीमा कम्पनी, नेपाल दूरसञ्चार कम्पनी, नेपाल बैंक आदिको बढी रकम कारोबार भएका छन् भने नेपाल बैंक, प्रभुु बैंक, नेसनल हाइड्रोपावर कम्पनी आदिको बढी सेयर किनबेच भएका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंकलगायतका कम्पनीहरू अगाडि परेका छन् ।
सेयर सूचीकरणतर्फ भने यस साता विकास ऋणपत्र २०८६ घ, विकास ऋणपत्र २०८४ घ, विकास ऋणपत्र २०८७ घ, सिभिल लघुवित्त संस्था, नारायणी डेभलपमेन्ट बैंक र नेरुडे लघुवित्त संस्थाको बोनस, साधारण र हकप्रद सेयर सूचीकृत भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया