काठमाडौं ।
टोखा नगरपालिका भौतिक निर्माणमा लागेको छ । विशेषगरी टोखा नगरपालिका वडा नम्बर ११ मा हाल भवन निर्माण कामहरू तीव्रताका साथ अघि बढेको सो वडाका अध्यक्ष उत्तम अधिकारीले बताए । उनले वडा कार्यालयको शिलान्यास गरेको तथा सहरी स्वास्थ्य केन्द्र भने निर्माणको चरणमा रहेको बताए । ‘करिब साढे तीन करोड रूपैयाँको लागतमा वडा कार्यालय र स्वास्थ्य केन्द्र निर्माण गर्ने तयारी गरेका छौं’, अध्यक्ष अधिकारीले भने, ‘वडा कार्यालय निर्माणको लागि तीन करोड रूपैयाँ र स्वास्थ्य केन्द्र निर्माणको लागि ५० लाख रूपैयाँ विनियोजन गरेका छौँ ।
स्वास्थ्य केन्द्र निर्माणको लागि प्रक्रिया अघि बढाएका अर्थात् बोलपत्र आह्वान गर्ने तयारीमा छौँ ।’ भवनहरू निर्माणका साथै वडाले आफू मातहतमा भएका सडकको स्तरोन्नत्ति गर्ने, पानीको व्यवस्थापन र ढल व्यवस्थापनलगायतका कार्यहरू अघि बढाएको बताइएको छ । ‘वडाभित्र रहेको करोडमाथि बजेटका सडक निर्माण कार्य भने छिटो सम्पन्न गर्नेगरी अघि बढेका छौँ’, अध्यक्ष अधिकारीले भने– ‘सडक निर्माणको लागि करोडभन्दा माथिको रकम रहेको छ । त्यसैले गर्दा समयमै निर्माण सम्पन्न गर्नेगरी अघि बढेको छौँ भने ओम प्लाजासँगैको सडक भने निर्माणको अन्तिम चरणमा रहेको छ ।’
यस्तै वडाले यस आर्थिक वर्ष(०७७/७८) मा सडक निर्माणको क्रममा विशेष ध्यान दिएको जनाएको छ । ‘हामीले यसअघिका दुई आवमा पानी र ढल विकासमा ध्यान दिएका थियौं’, उनले भने– ‘यस आवमा सडक निर्माणमा ध्यान दिएका छौँ तर सडक निर्माणको क्रममा पानीको लाइन र ढलले सडकलाई असर नपु-याउने गरी सडक विस्तार गर्नेछौँ ।’ यस्तै वडामा लक्षित कार्यक्रमहरू भने नियमितरूपमा सञ्चालन भएको पाइएको छ ।
लक्षित कार्यक्रमअन्तर्गत महिलालाई तालिम, शिक्षामूलक कार्यक्रम, दलित कार्यक्रमहरू निरन्तर सञ्चालनमा रहेको बताइएको छ भने चालू आवको लागि ७० देखि ७५ लाख रूपैयाँ उक्त कार्यक्रमको लागि विनियोजन गरेको उनको भनाइ छ । यस्तै गत वर्ष महिलाहरूलाई दिएको पञ्चेबाज तालिम भने निकै लाभदायी बनेको छ । ‘हामीले महिलालाई दिएको पञ्चेबाजा तालिम वडाका विभिन्न स्वागतलगायतका कार्यक्रममा प्रयोग भएको छ’, अध्यक्ष अधिकारीले भने– ‘जसले गर्दा बाहिरबाट बाजा बजाउनको लागि मािनस ल्याउनु परेको छैन भने स्थानीयले आम्दानी समेत गर्न सकेका छन् ।’
यसैबीच वडावासीलाई खानेपानीको समस्या नहोस् भनेर काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र मेलम्ची खानेपानी आयोजनासँग हातमालो गरी अघि बढेको बताइएको छ । ‘हामीले वडावासीलाई खानेपानीको समस्या नहोस् भनेर बाँसाबारीमा रहेको रिर्जभ (पोखरी) मार्फत् पानी ल्याई खुवाइने गरेका छौँ’, अध्यक्ष अधिकारीले भने– ‘यसको लागि आवश्यक पाइपलाइन विस्तारको लागि समेत ती दुई संस्थासँग सहकार्य गरी अघि बढ्नेछौँ ।’ नगरपालिकाले चालू आवको लागि ११ नं वडाको लागि १० करोड रूपैयाँ विनियोजन गरको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया