Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधप्रदेश १ को कृषि बजार रुपान्तरण गर्न नेपाल सरकार र स्विस सरकारले सहकार्य गर्ने

प्रदेश १ को कृषि बजार रुपान्तरण गर्न नेपाल सरकार र स्विस सरकारले सहकार्य गर्ने


काठमाडौं ।
प्रदेश नम्बर १ को कृषि बजार रुपान्तरण गर्न नेपाल सरकार र स्विस सरकारबीच सहकार्य गर्ने सम्झौता भएको छ । नेपाल कृषि बजार विकास कार्यक्रम (एनएएमडीपी) दोस्रो चरणलाई कार्यान्वयन गर्न अर्थ मन्त्रालयका सहसचिव कृष्ण नेपाल र नेपालका लागि स्विस राजदूत एलिजावेथ भोन क्यापलरबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

स्विट्जरल्याण्डले चारवर्षे कार्यक्रम (डिसेम्बर २०२० देखि नोभेम्बर २०२४) को लागि स्विस फ्र्यांक ९ दशमलव ५४ मिलियन सहयोग गर्नेछ, जुन प्रदेश १ मा कृषि बजारको सफल रुपान्तरणको माध्यमबाट रोजगार सृजना गर्न र किसानहरुको आम्दानी बढाउन केन्द्रित हुनेछ ।

एनएएमडीपीको दोस्रो चरणमा विशेषगरी कृषि क्षेत्रका साना र मध्यम उद्यमहरुका लागि सहयोग सेवाहरुको प्रावधानलाई सुदृढ गरी छनौट गरिएको मूल्य शृंखलामा व्यापार मूल्यमा वृद्धि गर्न मद्दत गर्ने बताइएको छ । यस परियोजनाले एक हजार नयाँ रोजगारी सिर्जना गर्ने तथा २० हजार किसानहरुलाई खेती–आम्दानीमार्फत लाभान्वित गर्ने बताइएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया