मोबाइल सेटको अवैध बजार अन्त्य गर्न आग्रह
काठमाडौं ।
मोबाइल फोन इम्पोटर्स एसोसिएसनले मोबाइल सेटको अवैध बिक्रीवितरणको पूर्ण अन्त्य गर्न सम्पूर्ण व्यवसायीहरुलाई आग्रह गरेको छ । अवैध बिक्रीवितरणको कारण मोबाइल फोन व्यवसाय मात्र नभई राष्ट्रको समग्र अर्थतन्त्रलाई नै नकारात्मक प्रभाव पारेको एसोसिएसनको भनाइ छ । विभिन्न मुलुकबाट चोरी पैठारी गरी भित्र्याइएका मोबाइल फोनको अवैधानिक बजार नेपालमा तीव्र रुपमा बढिरहेको एसोसिएसनले जनाएको छ । जसले गर्दा सरकारको राजस्वबापत संकलन गरिने ठूलो धनराशी गुमिरहेको छ भने मोबाइल फोन व्यवसायको स्वस्थ्य र मर्यादित विकासमा अवरोध खडा भएको छ ।
अवैध (ग्रे) मोबाइल सेटको आईएमईआई नम्बर रजिस्टर नहुने भएकोले यसको प्रयोग आपराधिक क्रियाकलापमा पनि हुनसक्ने प्रबल सम्भावना रहेकोले मोबाइल सेटको अवैध बजारको तत्काल पूर्ण रुपमा अन्त्य गर्न एसोसिएसनले मोबाइल फोन व्यवसायी, उपभोक्ता एवं सरकारलाई आग्रह गरेको छ । मोबाइल फोन इम्पोटर्स एसोसिएसन र नेपाल मोबाइल वितरक संघले देशभरका मोबाइल सेट बिक्रेताहरूलाई अवैध (ग्रे) कारोबार नगर्न गत साउन १ गतेबाट नै अनुरोध गरेका थियो । तर सो सूचनाको अवज्ञा गर्ने गरेको पाइएकोले उक्त व्यवसायीहरुलाई नियम संगत कारबाहीको गर्न पनि एसोसिएसनले सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।
यसैगरी मोबाइल फोन आयातकर्ताहरुको छाता संगठन मोबाइल फोन इम्पोटर्स एसोसिएसनले सरकारलाई चोरी पैठारीसम्बन्धी कानुनलाई कडाइका साथ लागू गर्न समेत आग्रह गरेको छ । साथै मोबाइल फोन बिक्रेताहरुलाई पनि कानुनी दायरामा बसी स्वस्थ व्यवसाय गर्न एसोसिएसनले आग्रह गरेको छ । एसोसिएसनले मोबाइल फोन उपभोक्ताहरुलाई पनि फोन खरिद गर्दा सचेत भई एमपीएलए अंकित होलोग्राम स्टिकर भएको फोन मात्र खरिद गर्न र पसलको आधिकारिक बिल लिन अनुरोध गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया