बजार परिसूचक १९ सय ६८ अंकमा
काठमाडौं ।
सेयर बजार परिसूचक उच्च बिन्दुुले उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आईतबार नै बजार परिसूचक ७५ दशमलव दुई अंकले उकालो लागेर १९ सय ६८ दशमलव २७ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १८ दशमलव ७६ अंकले उकालो लागेर तीन सय ८३ दशमलव ९३ अंकमा चढेको छ । यसदिन कुल दुई सयवटा कम्पनीहरूको कारोबार भएका छन् । जसबाट ८० हजार दुई सय ७१ पटकको कारोबारमा दुई करोड ५९ लाख ४५ हजार तीन सय ८० कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम नौ अर्ब २२ करोड ७३ लाख ४८ हजार तीन सय ४८ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये आठवटा समूहको सूचक उकालो लागेका छन् भने चारवटा समूहको सूचक ओरालो लागेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक एक सय १२ दशमलव ३२ अंकले उकालो लागेर १५ सय ४९ दशमलव ८९ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक पनि एक सय ७३ दशमलव ८४ अंकले उकालो लागेर २३ सय १८ दशमलव १० अंकमा चढेको छ । जलविद्युत् समूहको सूचक पनि २६ दशमलव ६६ अंकले उकालो लागेर १५ सय चार दशमलव ४६ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि दुई सय ४५ दशमलव ७५ अंकले उकालो लागेर ११ हजार दुई सय १६ दशमलव तीन अंंकमा चढेको छ ।
यीबाहेक फाइनान्स, अन्य, लघुुवित्त र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः १२ दशमलव २७, शून्य दशमलव २५, २७ दशमलव २५ र शून्य दशमलव शून्य पाँच अंकले उकालो लागेका छन् । यसदिन निर्जीवन बीमा समूहको सूचक भने ४५ दशमलव ५५ अंकले ओरालो लागेर नौ हजार छ सय ७५ दशमलव १५ अंंकमा झरेकोमा होटल समूहको सूचक पनि सात दशमलव ६८ अंकले ओरालो लागेर दुई हजार २३ दशमलव ५२ अंकमा झरेको छ । यीबाहेक ट्रेडिङ र उत्पादनमूलक समूहको सूचक पनि क्रमशः ३५ दशमलव ३७ र ३७ दशमलव २७ अंकले ओरालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेर एक सय ६५ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य पनि १० प्रतिशतले बढेर चार सय ८४ रुपैयाँमा किनबेच भएको छ । यि बाहेक सेञ्चुरी कमर्सियल बैंक, सनराइज बैंक आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको विशाल बजार कम्पनीको सेयर मूल्य भने १० प्रतिशतले घटेर तीन हजार छ सय रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको अरुण कावेली पावर लिमिटेडको सेयर मूल्य पनि छ दशमलव २५ प्रतिशतले घटेर एक सय ५० रुपैयाँमा किनबेच भएको छ । यीबाहेक मल्टीपर्पस फाइनान्स, पाँचथर पावर कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन नेपाल पुनर्बीमा कम्पनीको एकैदिन ५१ करोड ७९ लाख ९१ हजार आठ सय ३७ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको कुुमारी बैंकको पनि तीन सय तीन रुपैयाँ अन्तिम मूल्यमा ४० करोड ८० लाख ६२ हजार छ सय ५६ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नबिल बैंक, प्रभुु बैंक, नेपाल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया