राष्ट्रिय वाणिज्य बैंकद्वारा बलियो नेपाल न्यूट्रिसनलाई आर्थिक सहयोग
काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बलियो नेपाल न्यूट्रिसन इनिसियटिभलाई आर्थिक सहयोग गरेको छ । बैैकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पोषणयुक्त खानेकुरा वितरण गर्नको लागि उक्त संस्थालाई रकम सहयोग गरेको हो । सहयोगअन्तर्गत बर्दिया, कपिलवस्तु र नवलपरासी पश्चिमका क्षेत्रका विजयपुर, पालिनन्दन, प्रतापपुर र सुस्ता गाउँपालिकाका बालबालिकालाई ६० दिनसम्म पोषणयुक्त खानेकुरा वितरण गरिनेछ ।
यस सम्बन्धमा आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बलियो नेपाल न्यूटिसन इनिसियटिभका प्रमुख कार्यकारी अधिकृत डा. अतुल उपाध्यायबीच समझदारीपत्रमा एक कार्यक्रमका बीच हस्ताक्षर भएको छ । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले स्वास्थ्य, वातावरण संरक्षण, शिक्षा, खेलकुद, वित्तीय साक्षरतालगायतको क्षेत्रमा मात्र नभएर बालबिालिकालाई पोषणयुक्त खानेकुरा वितरणमा पनि बैंकले सीएसआरमार्फत सहयोग गरेको बताए ।
बलियो नेपाल न्यूट्रिसन इनिसियटिभका प्रमुख कार्यकारी अधिकृत डा. अतुल उपाध्यायले दुई वर्षभन्दा कम उमेर समूहका बालिबालिकालाई पोषणयुक्त खानेकुरा वितरणको लागि लुम्बिनी प्रदेशलाई पाइलट प्रोजेक्टको रूपमा चयन गरिएको बताए । कार्यक्रम ब्रान्च अपरेसन विभागका विभागीय प्रमुख सरोज बस्नेतले सञ्चालन गरेका थिए ।
कार्यकममा बैंकका उपकार्यकारी अधिकृतहरू सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुख सरोज वस्नेत, कम्पनी सचिव भोलानाथ पौडेल, इनिसियटिभका पार्टनरसिप डाइरेक्टर उत्सव ढुङानालगायतको उपस्थिति रहेको थियो । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा दुुई सय ४२ वटा शाखा कार्यालय, दुुई सय पाँचवटा एटीएम र ९३ वटा शाखारहित बैंकिङ रहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया