मेगा बैंकका ग्राहकहरूलाई डिजिटल भुक्तानीका लागि अब ‘कर्पोरेट–पे’ सेवा
काठमाडौं ।
मेगा बैंक नेपाल लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरूका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गर्ने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली तथा नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेकी हुन ।
बैंकले आफ्ना व्यावसायिक ग्राहकहरूलाई प्रदान गर्ने उक्त डिजिटल माध्यममार्फत ग्राहकहरूले बैंकमा नगईकनै रकम स्थानान्तरण, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यवसायिक भुक्तानीहरू आफ्नो खाताबाटै सजिलै गर्न सक्नेछन् । उक्त प्रणालीमार्फत कनेक्ट आईपीएस अथवा एनसीएचएल आईपीएसमा रियल–टाइम वा ननरियलटाइममा समेत भुक्तानीसम्बन्धी कारोबारहरू गर्न सकिने बैंकले जनाएको छ ।
कर्पोरेट–पे’ मा आबद्ध हुनका लागि ग्राहकले मेगा बैंकमा सम्पर्क गरी कर्पोरेट–पे’ प्रणालीको सुरुवातको लागि स्वीकृतिलगायतका आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ । त्यसपश्चात् ग्राहकहरूले तोकिएको सीमाभित्र रही कुनै पनि भुक्तानीहरू बैंकको प्रत्यक्ष संलग्नताविना गर्न सक्नेछन भने तोकिएको सीमाभन्दा बढी रकमको कारोबार गर्नको लागि बैंकले नियमानुसार थप प्रक्रिया पूरा गरेपश्चात् गर्न मिल्ने व्यवस्था रहेको छ ।
यस प्रणालीमा पहुँच पाउन मल्टी लेयर अथन्टीकेसनको सुरक्षित व्यवस्था गरिएको छ भने कुनै पनि कारोबार प्रविष्ट तथा स्वीकृत ग्राहक आफैँले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरूले मात्र गर्न पाउने गरी यस प्रणालीमा सुरक्षाको व्यवस्था मिलाइएको छ । साथै, ग्राहकले आवश्यक्ताअनुसार यस प्रणालीमा एकभन्दा बढी बैंक खाताहरू पनि लिंक गरी कारोबार गर्न सकिने प्रावधान रहेको छ ।
आफ्ना ग्राहकहरूका लागि विभिन्न डिजिटल भुक्तानी माध्यामहरू प्रदान गर्दै आएको मेगा बैंकले यस कर्पोरेट–पे’ प्रणालीको सुरुवातबाट बैंकका व्यावसायिक ग्राहकहरूलाई डिजिटल भुक्तानीको सेवा प्रदान गर्न थप टेवा पुग्ने विश्वास लिएको छ । यस प्रणालीको प्रयोग र विस्तारपश्चात् बैंकको शाखा कार्यालयमा उपस्थित नभई विभिन्न भुक्तानीको कारोबारहरू अनलाइनमार्फत नै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरूलाई अझ बढी सहज हुने बैंकले जनाएको छ । कर्पोरेट–पे’ प्रणालीको सम्बन्धमा थप जानकारीको लागि बैंकका शाखा कार्यालयहरूमा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया