Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ९२ हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ९२ हजार नाघ्यो


नयाँ दिल्ली ।
भारतमा शुक्रबार थप ४१ हजार ८ सय १० जनामा कोभिड १९ संक्रमण भएपछि कूल संक्रमितको संख्या ९३ लाख ९२ हजार ९२० नाघेको केन्दीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जानकारी दिएको छ । भारत कोरोना भाइरसबाट अमेरिकापछि सबैभन्दा बढी प्रभावित भएको राष्ट्र हो ।

एएनआईका अनुसार भारतमा पछिल्लो २४ घण्टामा थप ४ सय ९६ जना कोरोना संक्रमणको कारण मृत्यु भएपछि भारतभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ३६ हजार ६९६ पुगेको छ ।यहाँ कोरोना भाइरस सुरु भएयता भएका सम्पूर्ण संक्रमितहरुमध्ये ८८ लाख २ हजार २६७ व्यक्ति कोरोना मुक्त भएका पनि मन्त्रालयले जानकारी दिएको छ । यस राष्ट्रमा महाराष्ट्र,दिल्ली र केरला क्रमशः कोरोना भाइरस बढी प्रभावित राज्यको रुपमा रहेको छ ।

भारतमा ५० हजार भन्दा कम व्यक्ति सक्रमित भएका आइतबार २२औँ दिन हो । भारतमा १३ करोड ९५ लाख ३ हजार ८ सय ३ जना व्यक्तिको कोरोना भाइरसको परिक्षण भएको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले आइतबार जानकारी दिएको छ । नोभेम्बर २८ का दिनमा मात्र १२ लाख ८३ हजार ४ सय ४९ जनाको परिक्षण गरिएको पनि आईसीएमआरले जनाइएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया