काठमाडौं ।
सोमबार एकै दिन देशभर एक हजार चार सय ७४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय ११ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । नेपालमा जाडोयाम सुरु भएसँगै कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार नौ सय ३१ रहेको छ । योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख १४ हजार ५ सय २१ पुगेको छ । हाल मुलुकभर १७ हजार ४ सय २३ जना सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार सोमबार काठमाडौंमा ६१५, ललितपुरमा १२५, मोरङमा ८२, भक्तपुरमा ६९, सुनसरीमा ५०, झापा र दाङमा ४९/४९, चितवनमा ३७ जना संक्रमित थपिएका छन् । त्यस्तै, रुपन्देहीमा ३६, सिन्धुपाल्चोक र कास्कीमा २९÷२९, ताप्लेजुङ, मकवानपुर र सुर्खेतमा २४/२४ जना संक्रमित थपिएका छन् ।
त्यस्तै गोरखामा १६, धनुषामा १४, सप्तरी, नवलपरासी पूर्व र स्याङ्जामा १२/१२, उदयपुर, धादिङ, सिन्धुपाल्चोक र म्याग्दीमा १०र१०, बाँकेमा ८, सिराहा र पाल्पामा ७÷७, नुवाकोटमा ६ र इलाम, नवलपरासी, दैलेख, सल्यान र बाजुरामा ५/५ जना संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार धनकुटा, संखुवासभा, सोलुखुम्बु, सर्लाही, रामेछाप, कपिलवस्तु, प्युठान, जाजरकोट र अछाममा ४/४, बारा, रौतहट, लमजुङ, गुल्मी र जुम्लामा ३/३, पाँचथर, दोलखा, तनहुँ, अर्घाखाँची र डडेल्धुरामा २/२ र तेह्रथुम, भोजपुर, महोत्तरी, सिन्धुली, पर्वत, मुस्ताङ, बागलुङ, बर्दिया, रोल्पा, रुकुम पश्चिम, कञ्चनपुर र डोटीमा १÷१ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया