सुबास बस्नेत
दोलखा ।
दोलखामा छवटा अस्पतालको शिलान्यास गरिएको छ । सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्रमशः ५, १० र १५ श्ययाका अस्पताल सबै स्थानीय तहमा निर्माण गर्ने प्रक्रिया अगाडि बढाएअनुसार दोलखाका छ स्थानीय तहले सोमबार अस्पतालको शिलान्यास गरेका हुन् । देशभरका तीन सय ९६ स्थानीय तह र सातवटै प्रदेशमा निर्माण हुन लागेको आधारभूत अस्पतालको एकसाथ शिलान्यास गर्ने कार्यक्रमअनुसार अस्पताल शिलान्यास गरिएको हो ।
जिल्लाको बैतेश्वर गाउँपालिकाले वडा नम्बर ५ मैनापोखरीमा निर्माण हुन लागेको १५ बेड क्षमताको अस्पतालको बैतेश्वर अस्पतालको शिल्यानास गरेको छ । अस्पतालको गाउँपालिकाका अध्यक्ष छवि लामाले शिलान्यास गरेका हुन् । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्नका लागि मुलकभर सबै स्थानीय तहमा पाँचदेखि १५ श्ययासम्मको आधारभूत अस्पताल स्थापना गर्ने सरकारको नीतिअनुरुप भवन निर्माणका लागि संघीय सरकारको क्रमागत योजनाअन्तर्गत यसवर्ष एक करोड रकम विनियोजन गरेर अस्पताल निर्माण गर्न लागेको अध्यक्ष लामाले जानकारी दिए ।
अस्पताल निर्माणको लागि अपुग जग्गा स्थानीय जयबहादुर दाहाल, जगतबहादुर दाहाल, भिमबहादुर दाहाल, हरिबहादुर दाहाल, रामकाजी दाहाललगायतले पाँच रोपनी जग्गा दान गरेको गाउँपालिका उपाध्यक्ष रबिचन्द्र आचार्यले जानकारी दिए । यसैगरी जिल्लाको भीमेश्वर नगरपालिकाले चरीकोट अस्पताल परिसरमा १५ श्ययाको अस्पताल शिलान्यास गरेको छ । उक्त अस्पतालको लागत तीन करोड ३० लाख २० हजार रुपैयाँ रहेको भीमेश्वर नगरपालिकाले जनाएको छ ।
त्यसैगरी तामाकोशी गाउँपालिकाको लुमा स्वास्थ्य चौकीमा १० श्ययाको अस्पताल शिलान्यास गरिएको छ । तामाकोशी गाउँपालिकामा निर्माण हुने अस्पतालको लागत ८५ लाख रुपैयाँ रहेको तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष उर्मिला खड्काले जानकारी दिइन् । त्यस्तै जिल्लाको मेलुङ गाउँपालिकाको भेड्पु स्वास्थ्य चौकीमा पाँच श्ययाको अस्पताल र शैलुङ गाउँपालिकाको बाघखोर स्वास्थ्य चौकीमा ५ श्ययाको अस्पताल कुल ७०/७० लाख रुपैयाँ लागतमा निर्माण गर्न सोमबार नै शिलान्यास गरिएको मेलुङ गाउँपालिका प्रवक्ता हिरा थोकरले जानकारी दिए ।
यसैबीच दोलखाको गौरीशंकर गाउँपालिकाको सुरी प्राथमिक स्वास्थ्य केन्द्र रहेको इबिथानमै १५ श्ययाको अस्पताल शिलान्यास गरिएको छ । यद्यपि गौरीशंकर गाउँपालिकाको अस्पताल शिलान्यास भने विवादमा परेको छ । स्थानीयले भोर्लेमा अस्पताल निर्माण गर्न माग गरे पनि गाउँपालिकाले इबिथानमै अस्पतालको शिलान्यास गरेको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सत्ताइस वर्षदेखि खानेपानी योजना अधुरै
- मुख्यमन्त्री कार्की र स्विस राजदूतबीच भेटवार्ता
- कार्यसम्पादन कमजोर भएका संस्थानको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय
- सौर्य विद्युत् परियोजनामा ग्लोबल आइएमई बैंकले कर्जा लगानी गर्ने
- २६ सय ३९ बिन्दुमा खुम्चियो शेयर बजार
- सात करोड लगानीमा सामाखुसी यातायातद्वारा १५ बस सञ्चालन
- खानेपानी मन्त्रालयको सय दिने कार्यप्रगति
- भारतको अटोमोबाइल निर्यात १४ प्रतिशत बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया