Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय भवन शिलान्यास

मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय भवन शिलान्यास


काठमाडौं ।
मुक्तिनाथ विकास बैंकले काठमाडौँ महानगरपालिका वडा नं. ३, लाजिम्पाट, काठमाडौँस्थित आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निमार्णको लागि भूमिपूजा तथा भवनको शिलान्यास गरेको छ । बैंकका अनुसार सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले सोमबार भूमी पूजा तथा शिलन्यास गरेका हुुन् । बैंकले छिटै भवन निर्माण सम्पन्न गरी आपm्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरी सेवालाई थप स्तरीयता र सवल बनाउन सहज हुनेछ भने बैंकको केन्द्रीय कार्यालयले स्थायित्व पाउने छ । उक्त शिलान्यास कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, सेयरधनी तथा ग्राहकहरू र कर्मचारीहरू उपस्थित रहेका थिए ।

बैंकले कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार र प्रणालीलाई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा आदिजस्ता कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ । हाल बैंकको एक सय ३८ ओटा शाखाहरू रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया