Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबेनेली मोटरसाइकलको शोरुम सप्तरीमा

बेनेली मोटरसाइकलको शोरुम सप्तरीमा


काठमाडौं ।
बेनेली मोटरसाइकलको नयाँ शोरुम सप्तरीमा सञ्चालनमा आएको छ । बेनेली मोटरसाइकलको लागि कल्याणपुर, सप्तरीको अधिकृत बिक्रेता एसी इलेक्ट्रोनिक एन्ड बाइक रिकन्डिसन सप्लायर्स रहेको कम्पनीले जनाएको छ । कल्याणपुर, सप्तरीमा स्थापना भएको नयाँ शोरुम र वर्कशप सुविधासम्पन्न एवम् अन्तर्राष्ट्रियस्तरको रहेको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार मामा भन्जा अटो इन्टरप्राइजेसले शोरूममा पाँच नयाँ मोडेल पनि प्रस्तुत गर्दै छ जसले प्रतिस्पर्धी मूल्य सुनिश्चित गर्ने र नेपाली राइडरहरुलाई फाइदा पु-याउनेछ । कम्पनीका अनुसार सबै मोडेलहरू दुई वर्ष इन्जिन वारेन्टीको रहेको छ । बेनेली मोटरसाइकल नेपालका महाप्रबन्धक हरेराम चौधरीको अनुसार बेनेलीका सबै मोडेलहरू शक्तिशाली इन्जिन र अधिकतम प्रदर्शनको उत्कृष्ट संयोजन हो, जसले स्वामित्वको किफायती लागतको साथ प्रिमियम इटालेली अनुभव प्रदान गर्दछ ।

बेनेली शोरुमको प्रक्षेपणसँगै विश्वस्तरीय सवारी मेसिनहरूका विभिन्न मोडलहरू प्रदर्शन गर्दै बेनेली नेपाल उत्साहित बाइक उत्साहीहरुको माग पूरा गर्न उत्साहित छ । बेनेली इटालियन मोटरसाइकल ब्रान्ड हो । कम्पनीले १९११ देखि नै मोटरसाइकल पारखीबीच एक बेग्लै पहिचान बनाएको छ । बेनेली मोटरसाइकलहरू सबै सवारको आवश्यकताहरू पूरा गर्न र अन्तिम सवारी अनुभव र आराम सुनिश्चित गर्नका लागि सिर्जना गरिएको कम्पनीको दाबी छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया