टेलिकमको फोरजी सेवाको पहुँच सबै जिल्लामा
काठमाडौं ।
नेपाल टेलिकमको फोरजी मोबाइल सेवाको पहुँच मुलुकका ७७ वटै जिल्लामा पुगेको छ । हाल कम्पनीको फोरजी सेवा १ हजार ८ सय मेगाहर्ज (ब्याण्ड ३) र ८ सय मेगाहर्ज (ब्याण्ड २०) मा उपलब्ध रहेको छ । तुलनात्मक रुपले कम जनघनत्व र फराकिलो भूगोल भएका क्षेत्रमा ८ सय मेगाहर्ज र बढी जनघनत्व भएका क्षेत्रमा १ हजार ८ सय मेगाहर्ज व्याण्डमार्फत फोरजी सेवा उपलब्ध भइरहेको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार मोबाइल सेवाको स्वाभाविक विशेषताअनुसार सेवाको गुणस्तरमा भौगोलिक अवस्था, धरातलीय अवस्था आदिले प्रत्यक्ष प्रभाव पार्ने हुनाले सेवाको गुणस्तरमा निरन्तर एकरुपता नहुन सक्छ । फोरजी मोबाइल सेवाका कुनै पनि प्रयोगकर्ता एउटा ब्याण्डको फैलावट क्षेत्रबाट अर्को ब्याण्डको प्रभाव क्षेत्रमा प्रवेश गर्दा कम्पनीको नेटवर्कको पहुँचका अतिरिक्त प्रयोग गरिने मोबाइल सेटले ८ सय मेगाहर्ज र १ हजार ८ सय मेगाहर्ज दुवै ब्याण्ड उपयोग गर्नसक्ने भएमा थप गुणस्तरीय फोरजी सेवा उपयोग गर्न सकिन्छ ।
नेपाली बजारमा उपलब्ध अधिकांश मोबाइल सेटले १ हजार ८ सय मेगाहर्ज ब्याण्डको फोरजी सेवालाई सहजै उपयोगमा ल्याउनसक्ने भए पनि केही मोबाइल सेटले ८ सय मेगाहर्ज ब्याण्डबाट प्रसारित फोरजी सेवालाई ग्रहण नगर्ने पाइएको छ । दुवै ब्याण्डमा चल्ने मोबाइल सेटको अभावमा फोरजी सेवाबाट अधिकतम फाइदा लिन नसकिने हुन्छ । यस्तो समस्या आएपछि कम्पनीको फोरजी सेवाको गुणस्तर राम्रो नभएको भ्रम ग्राहकवर्गलाई हुने गरेको पाइएको छ ।
यो समस्या हल गर्न फोरजी सेवाका ग्राहकवर्गले आफ्नो मोबाइल सेटको बक्समा उपलब्ध प्राविधिक विवरण हेरेर कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो भनी पत्ता लगाउन सकिन्छ । साथै मोबाइल सेटको सेटिङमा गई मोबाइल नेटवर्कको अप्सनभित्र टुजी वन्ली/थ्रीजी वन्ली/थ्रीजी–टुजी (अटो कनेक्ट)/एलटिई–थ्रीजी–टुजी (अटो कनेक्ट) जस्ता विकल्पहरुमध्ये एलटिई–थ्रीजी–टुजी (अटो कनेक्ट) अप्सन छनौट गर्नु उपयुक्त हुन्छ । यसका अतिरिक्त, नेपाल टेलिकमको फोरजी सेवा प्रयोगकर्ताहरुले नयाँ मोबाइल सेट खरिद गर्नुअघि १ हजार ८ सय मेगाहर्ज र ८ सय मेगाहर्ज ब्याण्डका बारेमा जानकारी राखी दुवै ब्याण्डबाट फोरजी सेवा चलाउन सकिने मोबाइल सेट बिक्रेताबाटै सुनिश्चित गराई खरिद गर्न कम्पनीले ग्राहकहरुलाई अनुरोध गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया