Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने

राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने


काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज बुुधबार ५० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न २ बजेसम्म वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुुवित्त वित्तीय संस्था समेतले खरिद गर्नसक्ने गरी उक्त निक्षेप उपकरण जारी गर्न लागिएको हो । बिक्री गरिने उपकरणको परिपक्व हुुने अवधि २८ दिन तोकिएको छ भने सावाँ तथा व्याज भुक्तानी अवधि २०७७ पुस १५ गते तोकिएको छ । खरिदकर्ताहरुले घटीमा पाँच करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्नेछन् ।

राष्ट्र बैंकका अनुसार खरिद गरिएको उपकरण नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा फाइनान्स कम्पनीहरुमा धितोकोरुपमा पनि राख्न सकिनेछ । खरिद गरिएको उपकरण सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुको लगानी पोर्टफोलियो हुुने भएकाले यो रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइनेछैन । तर राष्ट्र बैंकको निर्देशनबमोजिम कायम गर्नुपर्ने तरलता अनुपातमा गणना गर्न पाइनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया