भादगाउँ ।
सडक डिभिजन कार्यालय भक्तपुरले सम्झौता म्यादभित्र कार्यसम्पादन नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । सडकले भक्तपुर र काभ्रेपलाञ्चोकका विभिन्न छवटा योजनाको आज सार्वजनिक सूचना जारी गरी ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाएको हो । सडकले ठेक्का रद्द गर्न प्रक्रिया अघि बढाएको योजनाहरूमा एनएस बिल्डर्स वीरेन्द्रनगर सुर्खेतले ठेक्का पाएको च्याम्हसिंह–नाला–बनेपा सडकमा आवधिक मर्मत गर्नेसम्बन्धी दुईवटा ठेक्का रहेका छन् ।
विसं २०७६ मंसिर १० गते निर्माण सम्झौता गरेको उक्त दुईवटा ठेक्कामध्ये एउटाको कार्यसम्पन्न गर्नुपर्ने मिति २०७७ साउन २८ गते र अर्को ठेक्काको कार्य सम्पन्न मिति २०७६ चैत १६ गते रहेको थियो । त्यस्तै सडकले झिकुखोला पुल निर्माणको ठेक्का पनि रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । अरनिको राजमार्ग तीनपिप्लेदेखि बक्लुटार पलाञ्चोक सडक काभ्रेपलाञ्चोकको सो पुल निर्माणको ठेक्का चन्द्रा÷एन्ड वसन्त एमएम जेभी ललितपुरले पाएको थियो । सो पुल निर्माणको सम्झौता २०७४ साल जेठ १९ गते भएको थियो भने २०७७ साल मंसिर १२ गते निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।
सडकले सुनौलो खिम्ती कन्स्ट्रक्सन प्रालि काठमाडौँसँगको दुईवटा ठेक्का पनि रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । खिम्तीले ठेक्का पाएको लोकन्थली हेल्थपोस्ट रमाइलोचोक चाइल्ड नेचर स्कुल सडक विस्तार र हनुमन्ते खोला अरनिको राजमार्ग बप्फा पाटीविहार बहाखाबजार सडक विस्तार गरी दुईवटा योजनाको ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाएको हो । ती दुईवटै ठेक्काको सम्झौता २०७० चैत २३ गते भएको थियो भने कार्य सम्पन्न गर्नुपर्ने २०७२ असार २२ गते रहेको थियो ।
त्यसैगरी सडकले काठमाडौँको इन्द्रायणी र भक्तपुरको चाँगुनारायण जोड्ने मनोहरा खोलाको पुल निर्माणको ठेक्कासमेत रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । श्री लामा बिल्र्डस÷साल्पा शेर्पा÷जयबाबा गोरख जेभीले सो पुलसँगै पहुँच सडक निर्माण कार्यको ठेक्का पाएको थियो । यो योजनाको सम्झौता २०६८ असार २७ गते रहेको छ भने कार्य सम्पन्न गर्नुपर्ने २०७६ फागुन ३० गते रहेको छ ।
सम्झौताअनुसार तोकिएको समय अवधिभित्र निर्माण कार्य सम्पन्न नगरेकाले यसअघि कार्य सम्पन्न गर्नका लागि मौखिक, टेलिफोन तथा पत्राचारमार्फत सूचना गरिएकामा हालसम्म कार्यप्रगति सन्तोषजनक नदेखिएकाले उक्त ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको कार्यालयले जनाएको छ । सोसम्बन्धी स्पष्टीकरणसहित सात दिनभित्र कार्यालयमा उपस्थित हुन सम्बन्धित निर्माण व्यवसायीलाई सार्वजनिक सूचना जारी गरिएको छ ।
निर्माण सम्पन्न हुन नसक्नुको मनासिब कारणसहित सात दिनभित्र सम्बन्धित व्यवसायी उपस्थित नभए कानुनबमोजिम ठेक्का सम्झौता तोडी कार्यसम्पादन जमानतबापतको रकम जफत गर्नाका साथै सम्झौता अन्त्य भएको कारणले सम्झौताबमोजिम बाँकी रहेको कार्य पूरा गर्न जे जति रकम आवश्यक पर्छ सो रकम त्यसरी सम्झौताबमोजिम कार्य नगर्ने व्यवसायीहरूबाट सरकारी बाँकीसरह असुलउपर गर्ने तयारी सडकले गरेको छ ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया